अरुण तेस्रोको कार्यालयमा बम विस्फोट

निर्माण सञ्चार, काठमाडौँ । नेपाल भ्रमणका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केपी शर्मा ओलीले संयुक्त रुपमा उद्धघाटन गर्ने भनिएको अरुण तेस्रो आयोजना अन्तर्गत तुम्लिङटारस्थित रहेको कार्यालय भवनमा बम विस्फोट हुँदा सामान्य क्षति पुगेको छ ।

गएराति करिब १२ बजे अज्ञात समूहले गराएको बम विस्फोटबाट कार्यालय भवनमा सामान्य क्षति भएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए । बम विस्फोट गराउनेको व्यापक खोजी भइरहेको पनि उनले बताए ।

९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना भारतीय सरकारको लगानी रहेको आयोजना प्रवर्धक कम्पनी सतलजले बनाउन लागेको हो ।

 

रासस

...

आइतबार १६, वैशाख ०७५

प्रतिक्रिया

Related