दुई कोरियाको ऐतिहासिक मिलन, होला त सपना पुरा ? (फोटो फिचर)

६५ वर्षपछि कोरियाली शासकले टेके पाइला
निर्माण सञ्चार, काठमाडौँ । सन् १९५०–५३ को कोरियाली युद्ध पछि दुई कोरिया बिचको यो पहिलो भेट हो । युद्धको पीडा भुलाउँदै ६५ वर्षपछि दुई कोरियाबीच मिलन भएको छ ।

किम जोङ्ग उन ६५ वर्षपछि पहिलो पटक दक्षिण कोरियाको यात्रा गर्ने पहिलो उत्तर कोरियाली शासक बनेका छन् । किम जोङ्ग शुक्रबार सिमानाबाट हिँडेरै दक्षिण कोरिया छिरे ।

त्यहाँ उनलाई स्वागत गर्न दक्षिण कोरियाली राष्ट्रपति मुज ने इन तयार भएर बसेका थिए । किमले उत्तर कोरियाली भूमिबाट पाइला उचाल्दै दक्षिण कोरियाली भूमिमा टेक्नेबित्तिकै मूनले न्यानो स्वागत गरे ।

त्यसपछि उनीहरुसँगै सम्मेलनस्थलतर्फ लागे । दुई देशका शीर्ष नेताबीच ६५ वर्षको मिलनले दुई देशमा कति खुसी ल्यायो त्यो साध्य छैन भने विश्वमा नै अहिले खुसियाली छाएको छ ।

आणविक संकटमाथि हुन लागेको सम्मेलनमा दुई देशका नेता एकै ठाउँमा उभिने भएपछि एसियाली सेयर बजारमा पनि सकारात्मक प्रभाव परेको छ ।

फाेटाे फिचर...

...

शुक्रबार १४, वैशाख ०७५

प्रतिक्रिया

Related