चन्दननाथमा दत्रात्तयको मुर्ति बल्ल भयो प्रतिस्थापनः स्थानीय खुशी

मन्दिरपरिसरमा अझै सुरक्षा चुनौति, मूर्ती चोरी बढ्दो
निर्माण सञ्चार, कर्णाली प्रदेश | कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरमा शुक्रबार दत्रात्तयको मुर्ति प्रतिस्थापन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेललेको प्रमुख आतिथ्यता तथा सम्पुर्ण भक्तजनहरुको सहभागितामा मुत्र्ति विधिवत रुपमा प्रतिस्थापन गरिएको हो ।

२०७२ मंसिर १० गते चोरी भएका चन्दननाथ मीनदरका मुर्ति संगै सबै भन्दा ठुलो दत्रात्तयको मुर्ति पनि चोरी भएको थियो । प्रहरीको अनुसन्धानको क्रममा झण्डै १८ भन्दा बढी अन्य मुर्ति भेटिए पनि दत्रात्तयको मुर्ति भेटिएको थिएन ।

तर, चोरी भएको वर्षौपछि भातरको देरादुनबाट भवानी गिरी महाराजको संयोजकत्वमा १४ सदस्यीय टोलीले चन्दननथा मन्दिरमा मुर्ति प्रतिस्थापन गरेको चन्दननथा भैरबनाथ गुठीव्यवस्थापन समितिका सचिव रमानन्द आर्चायले बताए ।

उनका अनुसार मुर्ति पहिलकै जस्तो मंहगो धातुको नभएपनि तौल भने, १६ किलो नै छ ।

पुरै पितलले बनाइएको मुर्तिको उचाई ५० ईन्च छ भने, पछाडीको चौडाई १८ र अगाडीको चौडालाई ३१ ईन्च रहेको छ ।

दत्रात्तयको मुर्ति जुम्लामा पुगे पश्चात बैशाख १२ गतेबाट मुर्ति प्रतिस्थापनका लागि विधिवत रुपमा पुजाआँजा हुदै आएको थियो ।

पुजामा भन्दै एकदर्जन बढी बह्मणहरुको सहभागिता थियो ।

दैनिकजसो सयौँ भक्तजनहरुको घुईचो थियो ।

साथै, शुक्रबारकै दिन चन्दननाथ मन्दिरमा हनुमानको नयाँ मुर्ति समेत हालिएको छ ।

पुरानोलाई निकालेर आजै नयाँ हनुमानको मुर्ति राखिएको छ ।

मन्दिरको सबै भन्दा पुरानो तथा धातुले बनेको दत्रात्तयको मुर्ति बिनै पुजापाठ भईरहेको मन्दिरमा अबबाट भने विधिवत पुजा हुनेछ ।

मुर्ति प्रतिस्थापन संगै सबै भक्तजनहरु पनि खुसी भएका छन् ।

हराएका भगवान त भेटाउन सकेनौ तर पनि निशानीका रुपमा मुर्तिलाई पुन प्रतिस्थापन गरेकोप्रति जुम्लाबासी खुसी छन् ।

तर स्थानियले अझै पनि मन्दिरमा सुरक्षा चुनौती नघटेको बताएका छन् ।

चन्दननाथ नगरपालिका पुर्वकन्या उपाध्यायले भनिन् ‘अझै मन्दिर आसपासका क्षेत्रमा चोरीका घटना बढ्दै छन्, ढुक्क भएर बस्ने स्थिती अझै छैन ।’

उनले थपिन् ‘यस विषयमा प्रहरी प्रशासन गम्भीर हुन जरुरी छ, मन्दिरमा दिइएको २४ घण्टाको सुरक्षालाई विश्वसनिय तथा मजबुद बनाउनुपर्छ ।’

यता, प्रहरी प्रशासनले पनि मन्दिरको सुरक्षाका लागि कुनै तुक नराख्ने बताएको छ ।

‘चन्दननथासंगै जोडिएको जुम्लाको पहिचानलाई बचाउनु सुरक्षा निकायको दायित्व हो’ प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले भने, ‘स्थानीयको साथ सहयोगले मन्दिरको सुरक्षामा जोड दिइन्छ ।’

कर्णाली प्रदेश संवाददाता सागर परियार

....

शनिबार, १५ वैशाख, २०७४ 

प्रतिक्रिया

Related