परिसंघले दियो मे दिवसको शुभकामना

निर्माण सञ्चार, काठमाडौँ । नेपाल उद्योग परिसंघले १२९ औँ अन्तर्राष्ट्रिय मे दिवसको अवसरमा नेपालीहरुलाई शुभकामना दिएको छ ।

संघले प्रसविज्ञप्तीमार्फत ‘नेपालको औद्योगिक, व्यवसायिक, सेवा, कृषि र अनौपचारिक क्षेत्रमा कार्यरत सम्पूर्ण मजदुर दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा न्यानो शुभकामना व्यक्त गर्न चाहन्छु ।’

‘सामाजिक र आर्थिक उन्नतिका लागि श्रमिक एकता’ भन्ने मूल नाराका साथ मे दिवस मनाइएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘शान्त, सुन्दर र समृद्ध नेपाल हामी सबैको चाहना हो । हाम्रो परिकल्पना अनुसारको सभ्य, शालीन र समुन्नत नेपाल बनाउन श्रमको अपरिहार्यता रहेको छ ।’

शान्त र समृद्ध नेपाल निर्माणमा श्रमिकको योगदान अपरिहार्य रहेको छ ।

मुलुक अहिले सामाजिक न्याय सहितको यात्रामा अघि बढेको सन्दर्भमा प्रचलित कानूनी प्रावधान अनुरुप श्रमिक र रोजगारदाताबीचको सम्बन्धलाई सुमधुर तुल्याउन एवं सामाजिक सुरक्षण कोषमा सञ्चित रकम श्रमिक मित्रहरुको हित र दक्षता अभिवृद्धिमा उपयोग गर्ने वातावरण सृजना गर्न हामी सबै सक्रिय रहन परिसंघले आह्वान गरेको छ ।

...

मंगलबार १८, वैशाख ०७५

प्रतिक्रिया

Related