आन्तरिक उडानमा बुद्ध एयर पहिलो, वासेनी पर्यो पछाडि

पाइलटको अभावले विमान उड्न पाएनन्
 

निर्माण सञ्चार, काठमाडौँ । विमान सेवा दिइरहेका कम्पनीमा बुद्ध एयर सबैभन्दा अग्रस्थानमा आइपुगेको छ ।

एक वर्षमा मात्रै यसले त्रिभुवन विमानस्थलबाट २९ हजार ६ सय ७२ पटक उडान भरेर १२ लाख ६८ हजार यात्रुलाई सेवा दिएर पहिलो सेवा प्रदायक एयर लाइन्सका रुपमा स्थान बनाएको छ । 

त्रिभुवन विमानस्थलले दिएको जानकारीअनुसार सन् २०१७ मा यसले आन्तरिक उडानतर्फ सबैभन्दा बढी यात्रुलाई सेवा दिएको छ । 
सन् २०१६ मा बुद्ध एयरले १० लाख ११ हजार ४ सय ७१ जनालाई त्रिभुवन विमानस्थलबाट सेवा दिएको थियो । सन् २०१६ को तुलनामा गत वर्ष यसले दुई लाख भन्दा बढी यात्रुलाई सेवा दिएको छ । 
यसैगरी यती एयर लाइन्स दोस्रो राम्रो सेवा प्रदायक बन्न पुगेको छ । 
त्रिभुवन विमानस्थलको जानकारी अनुसारअनुसार यती एयरलाइन्सले ५ लाख ५४ हजार ७ सय ४५ जना यात्रुलाई सेवा दिएको छ ।
विमानस्थलबाट २० हजार १ सय १२ पटक उडान भरेको छ ।
यती एयरलाइन्सले गत वर्ष भने १८ हजार १ सय ९० पटक उडान भरेर ४ लाख ८६ हजार यात्रुलाई सेवा दिएको थियो ।
यसर्थ नेपाल एयरलाइन्सले अपेक्षा अनुरुप बजार हिस्सा लिन सकेको ।
नेपाल एयरलाइन्सले खरिद गरेका ४ वटा चिनियाँ जहाज अहिले उडान नभरी बसेका छन् । पाइलट अभावका कारण जहाज उडाउन नसकिएको नेपाल वायुसेवा निगम बताएको छ ।
त्रिभुवन विमानस्थलका अनुसार सन् २०१७ मा यसले ९५ हजार १ सय २० यात्रुलाई सेवा दिएको छ । सन् २०१६ मा यसले ४८ हजार १ सय २० जना यात्रुलाई त्रिभुवन विमानस्थलबाट सेवा दिएको थियो ।
निजी विमान कम्पनी सौर्य एयरलाइन्सले सन् २०१७ मा १ लाख ८२ हजार यात्रुलाई सेवा दिएको छ । सन् २०१६ मा भने यसले ९० हजार २ सय ५ जना यात्रुलाई सेवा दिएको थियो ।
त्रिभुवन विमानस्थलले सन् २०१७ मा आन्तरिक तर्फ २४ लाख यात्रुलाई सेवा दिएको जानकारी दिएको छ । सन् २०१६ मा त्रिभुवन विमानस्थलबाट १७ लाख ५७ हजार यात्रुले सेवा लिएका थिए ।
...


 

प्रतिक्रिया

Related