कर्णाली पोष्ट दैनिक पत्रिका विमोचनः मिडियामा लगानी बढाए समृद्धि सम्भव

निर्माण सञ्चार, कर्णाली प्रदेश । मुलुक समृद्धिका लागि सञ्चार जगतको भूमिका निकै महत्वपूर्ण रहँदै आएको छ । विकाससँगै भईरहेको विनास तथा अनियमिततालाई न्यूनीकरण गर्दै रुपान्तरित समाज र समृद्ध राष्ट्र निमार्णका लागि सञ्चार जगत शसक्त र त्यसमा लगानी गर्न निकै आवश्य देखिएको प्रतिनिधि समभा संसद गजेन्द्रबहादुर महतले बताए ।

कर्णाली पोष्ट दैनिक पत्रिकाको विमोचन कार्यक्रमको अवसरमा बोल्दै उनले जुम्लाको पत्रकारिता क्षेत्रमा वर्तमान पस्थितीमा एक छुटै जाँगरिलो टिमको उद्गार भएको उल्लेख गरे ।

उनले भने, ‘पत्रकारिता भन्न जतिकै गर्न सजिलो छैन् ।’

समयअनुसार जुम्लाको पत्रकारिता क्षेत्रमा काम गर्ने पत्रकारहरुको क्षमता बृद्धि भएपनि स्थानीय स्तरमा मिडियाहरु अर्झै शसक्त हुन सकेको छैनन् ।

जुम्लाको पत्रकारिता क्षेत्रलाई व्यवसायी बनाउनको लागि आफ्नो तहबाट सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले मिडिया क्षेत्र संचालित भन्दा पनि समाजको हितका लागि स्वचालित हुनु पर्नेमा जोड दिए ।

पत्रकारिता क्षेत्रको नयाँ आयामका रुपमा कर्णाली पोष्टले आफ्नो परिचय दिँदै जुम्लामै पहिलो चोटी डिजिटल पत्रिका खुलेकोमा खुसी व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले पारदर्शी, शुसानमैत्री भ्रष्टाचारमुक्त समाज निमार्णका लागि सञ्चार क्षेत्र पहिलो आधार भएको बताए ।

सञ्चार क्षेत्रले आफ्नो विश्वनीयतालाई कामय गर्दै सत्य तथ्य समचार सम्प्रेषणमा ध्यान दिनु पर्ने सुझाव दिए । कर्णाली पोष्ट दैनिकका प्रमुख संल्लाहकार तथा समाज सेवी नरी दमाईले मिडिया क्षेत्रमा लगानी बिना समृद्धी सम्भव नभएको बताए ।

विगत लामो समयदेखि भारतमा बस्दै आएका उनले जुम्ला समृद्धिका लागि पनि कर्णाली पोष्ट दैनिकको जन्म भएको उल्लेख गरे ।

मानिस खानभन्दा सूचना नपाएर मर्छ, सबै सूचनाको पहुँचमा पुग्नु पर्छ । भन्ने सोचका साथ कर्णाली पोष्ट दैनिक पत्रिकाको जुम्लामा उन्नयन भएको बताए ।

पत्रिका बिमोचन कार्यक्रमको समापनमा बोल्दै कर्णाली पोष्ट दैनिकका प्रकाशक मानदत्त रावलले विकास र ग्रामिण क्षेत्रमा लुकेका दुखहरुलाई शब्द मार्फत बाहिर ल्याउने प्रयास जारी रहने बताए ।

उनले भने, ‘छोटो समयमै कमाएको लोकप्रियतलाई आत्मसाथ गर्दै सबैको मन जित्न पनि सफल हुनेछौँ ।’

उनले जुम्लामा विद्युतको समस्या, मेसिनको समस्या, आवश्यक तालिमको समस्याले गर्दा पत्रकारिताले समयअनुसार गति लिन नसकेको टिप्पणी गरे ।

उनले भने, ‘देशको विषयमा चासो राख्नेहरु पनि धेरै छैनन् जसले मिडिया क्षेत्रमा लागनी खुम्चिँदो छ ।’ उनले थपे, ‘यस्ता विभिन्न बाधा अड्चनका बिच पनि कर्णाली पोष्ट जन्म दियौँ ।’

कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले जुम्लाको विकास र समृद्धीका लागि कर्णाली पोष्ट दैनिक कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरेका छन् ।

मिडिया क्षेत्रमा लगानी बढाए र स्वच्छ निष्पक्ष भएर सञ्चालन गरे समृद्धि हुनेमा ढुक्क हुन संचारकर्मीहरुले आग्रह गरे । कार्यक्रममा सहभागीहरुले संरक्षक नरी दमाईको प्रसंशा गरेका थिए ।

कर्मको शिलशिलामा भारतमा बसेपनि आफ्नो जन्भूमिप्रतिको माया र यहाँको विकासका लागि डिडियामा लगानी गरेको भन्दै प्रसंशा गरेका थिए ।

बिमोचन कार्यक्रममको अवसरमा कर्णाली पोष्ट दैनिकको प्रकाशनमा आर्थिक, भौतिक तथा बौद्धिक सहयोग गरेको प्रमुख सल्लाहकार नरी दमाई मायाको चिनोका साथ सम्मान प्रदान गरिएको थियो ।

यसैगरी, बुद्ध अपसेटका प्रोपाइटर कृष्ण बोहोरलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा जुम्ला स्थित सरोकारवाला निकाय, पत्रकार, गाउँपालिका स्तरका बुद्धिजीविहरुको सहभागिता थियो ।

...

आइतबार १६, वैशाख ०७५

प्रतिक्रिया

Related