कुटुवहालमा बुद्धको जन्मोत्सव भव्यताका साथ मनाइयो (फोटोफिचर)

निर्माण सञ्चार, काठमाण्डौ | आज वैशााख पुर्णिमाको दिन अर्थात बुद्ध जयन्ती ।

आजको यस महान दिनमा भगवान गौतमबुद्ध जन्मिएका थिए भने आजकै दिन उनले ज्ञान प्राप्त गरेका हुन् ।

ईशापुर्व ५४३ मा नेपालको कपिलवस्तु जिल्लामा जन्म लिएका बुद्धको वास्तविक नाम सिदार्थ गौतम हो ।

उनले जन्मनासाथ उत्तर तर्फ ७ कदम हिँडेर औलालाई हावातर्फ देखाएका थिए भन्ने किंवदन्ती पाइन्छ ।

यसरी अलौकिक जन्म भएका राजकुमार सिद्धार्थ गौतमल २९ वर्षको उमेरमा सम्पूर्ण सुखसयल छोडेर ज्ञानको खोजीमा निस्केका हुन् ।

सिद्धार्थले रोगी, वृद्ध तथा मरेको मानिस देखेपछि संसार दुःखमय हुने ठाने । त्यही दुःखमुक्तिको उपाय खोज्न उनले परिवार तथा राजसी सुखसयल नै त्याग गरे ।

उनको मानव जीवनमा आइपर्ने पीडा एवं दुःख निवारण गर्ने ज्ञानको खोजी थियो ।

वर्षौंको तपस्यापछि उनी बुद्धत्व प्राप्त गर्न सफल भए ।

उनले प्राप्त गरेको दर्शन र ज्ञान नै बुद्धत्व हो ।

अहिले वुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरू नेपाल सहित भारत, चीन, श्रीलंका, बर्मा, थाइल्यान्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया आदि देशमा फैलिएका छन् ।

संसारभरि फैलिएको बुद्ध दर्शनको उद्गम विन्दु नेपालमा भएकाले नेपाललाई शान्तिको देश पनि भनिन्छ ।

उनी शाक्यवंशीय राजा शुदोधन तथा रानी मायादेवीका सुपुत्र हुन् ।

आजकै दिन बुद्ध जन्मिएको दिनको अवसरमा नेपालका विभिन्न ठाउँमा बुद्धकै नाममा शान्ति र्याली निकालिएको छ ।

यससँगै काठमाडौँको कुटुवाहल गुम्बामा पनि धुमधामका साथ बुद्धको जनमोत्सव भव्यताका साथ मनाइएको छ भने बुद्धको पूजाआजा गरी र्याली निकालिएको छ ।

२५६२ औँ बुद्ध जयन्तीको अवसरमा बुद्धको मूर्ती सजाएर, बुद्धका नाममा गाइने कृतन ‘बुद्धम् शरणम् गच्छामि’ एकनासले बजाएर वातावरण नै गुन्जायमान बनाइएको छ भने उपस्थित सबैलाई प्रसाद प्रदान समेत गरिएको छ ।

बिहान १० बजेदेखि सुरु भएको कार्यक्रम बेलुकासम्म गरिने आयोजनक सेर्पा सेवा केन्द्रले बताएको छ ।

कार्यक्रमलाई भव्यतामा साथ सफल पार्न स्वंयमसेवक पनि उतिकै खटिरहेका छन् भने धर्मालम्बिहरुको घुईचो बढ्दै गएको छ ।

उपस्थित भक्तजनहरुले बुद्धको नाममा चन्दा दिएर कार्यक्रममा सहयोगको भूमिका निवार्ह गरेका छन् ।

....

सोमबार, १७ वैशाख २०७५ 

प्रतिक्रिया

Related