कुन कुन बैंक अर्बपति क्लबमा ?

एक वर्षमै बैंकको नाफा १५ प्रतिशत
निर्माण सञ्चार, काठमाडौँ । सञ्चालनमा रहेका २८ बाणिज्य बैंकहरुको खुद नाफा १५ प्रतिशतले बृद्धि भएको छ ।

आर्थिक वर्ष २०७४/०७५ को तेस्रो त्रैमाशिक अवधिमा २८ वटा बाणिज्य बैंकले ३६ अर्ब २६ करोड रुपियाँ नाफा कमाएका छन् ।

गत वर्ष यहि अवधिमा बाणिज्य बैंकहरुको नाफा ३१ अर्ब ४० करोड रुपियाँ मात्र थियो। यस वर्ष सबैभन्दा धेरै सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले तीन अर्ब ८ करोड रुपियाँ नाफा कमाएको छ ।

निजी क्षेत्रको नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ८३ करोड रुपियाँ नाफा कमाएको छ । सबैभन्दा बढी नाफा कमाउने नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंक अग्रस्थानमा छ ।

बैंकले २२५ प्रतिशतले नाफा बढाएको छ । गत सन्तोषजनक प्रदर्शन गर्न नसकेको एनसिसीले यस वर्ष सबैभन्दा उच्च बृद्धि गरेको छ ।

सेञ्चुरी बैंक, जनता बैंक, सिभिल बैंक, लक्ष्मी बैंकले पनि तुलनात्मक रुपमा राम्रो नाफा कमाएका छन् । नाफाका हिसाबले बिलेनियर क्लबमा १५ वटा बैंक परेका छन् ।

प्राइम, सिद्धार्थ, सानिमा र सिटिजन बैंक यस वर्षबाट अर्बपति क्लबमा उक्लिएका छन । एनआइसी एशिया, प्रभु र माछापुच्छ्रे गत वर्ष नै अर्बपति क्लबमा पर्न सफल भएका थिए तर यस वर्ष भने ती उक्त सूचीमा टिक्न सकेनन् ।

बैंकहरुको औषतमा नाफा बढिरहेका बेला पनि ग्लोबल आइएमइ, एनआइसी एशिया, प्रभु, माछापुच्छ्रे, नेपाल बंगलादेश बैंक र मेगा बैंकले भने नाफा घटाएका छन् ।

पूँजी बृद्धिसँगै ऋण लगानीमा आक्रामक देखिएका बाणिज्य बैंकहरुका कारण बैंकिङ क्षेत्रमा तरलताको अभाव भएको थियो ।

तरलताको अभावले बैंकहरुबीच ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा हुँदा महँगोमा निक्षेप संकलन गर्नु परेको थियो । यसैको असर बैंकहरुको नाफामा देखिएको हो ।

बैंकिङ क्षेत्रमा तरलताको अभाव देखिँदा लक्ष्य गरेभन्दा कम नाफा गर्न सकिएको सेञ्चुरी बैंकका कामु प्रमुख कायकारी अधिकृत जीवन भट्टराइले बताए ।

नेपाल राष्ट्र बैंकले ७५३ वटै स्थानीय निकायमा बाणिज्य बैंक पुग्नै पर्ने नीति ल्याएसँगै बाणिज्य बैंकहरु ग्रामीण क्षेत्रमा शाखा विस्तारमा लाग्दा खर्च बढेर नाफा कम भएको हो ।

...

सोमबार १७, वैशाख ०७५

प्रतिक्रिया

Related