चालु आवको ९ महिनामै सहयोगी विकास बैंकको नाफा ७४ प्रतिशतले वृद्धि

बैंकको खुद नाफा कति ?
निर्माण सञ्चार, काठमाडौँ | सहयोगी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनामा आफ्नो नाफालाई ७४ प्रतिशतले बृद्धि गरेको छ ।

संस्थागत सुशासन र वित्तीय अनुशासन पालनासँगै ग्राहकमुखी सेवा प्रदान गर्दै आएकाले बैंकले उक्त नाफा बृद्धि गर्न सफल भएको बैंकको दाबी छ ।

यस अवधिमा बैंकले ७ करोड ६३ लाख ६६ हजार रुपियाँ खुद नाफा गरेको छ ।

गत त्रैमासिकको सोही अवधिमा बैंकको नाफा ४ करोड ३६ लाख ७७ हजार रुपियाँ थियो । त्यस्तै बैंकले यस अवधिमा १३ करोड ११ लाख ५६ हजार रुपियाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।

गत त्रैमासिकको अवधिमा बैंकले ८ करोड ६६ लाख ५८ हजार रुपिया सञ्चालन मुनाफा आर्जन गरेको थियो । बैंकले दिएको जानकारी अनुसार ब्याजबाट ३५ करोड ६ लाख ३ हजार ५१ रुपियाँ खुद आम्दानी गरेको छ ।

सोही त्रैमासिकको अवधिमा गतबर्ष बैंकको खुद ब्याज आम्दानी २३ करोड ६४ लाख ४ हजार ८ सय रुपियाँ थियो ।

नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशन अनुसार असार भित्र स्प्रेड रेट ५ प्रतिशतमा ल्याउनु पर्ने प्रावधान अनुसार बैंकले हाल ६ प्रतिशतमा ल्याएको छ । सोही अवधिमा गतबर्ष स्प्रेड रेट ९ प्रतिशत रहेको देखिन्छ ।

यसले गर्दा गत बर्षको अवधिको तुलनामा भएको नाफा, खुद नाफालाई झण्डै ७ देखि ७.५० करोड सम्मको आर्जनमा फरक भएको देखिन्छ ।

तर, यस अवधिको तुलना गर्दा जम्मा २.०० देखि २.५० करोड सम्मको मात्र फरक भएका कारण यस बैंकको उत्साहजनक प्रगति देखिन्छ ।

यस अबधिमा यस बैंकले एनपीएल १.३७ मा झार्न सफल भएको छ । गत त्रैमासिकमा एनपीएल २.५४ थियो भने गतबर्षको सोही अवधिमा पनि एनपीएल २४२.१० प्रतिशत रहेको देखिन्छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रिजालले यस अब २०७४/०७५ सम्म आफ्नो सबै आर्थिक सुचकांकहरुमा अझ सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आब २०७५/०७६ सम्ममा बैंकले ठूलो फड्को मार्ने र शेयर मूल्यमा पनि राम्रो प्रतिफल दिने रिजालले प्रतिबद्धता गरे । बैंकको हालसम्मको चुक्ता सेयर पूँजी ५० करोड ९६ लाख रुपियाँ रहेको छ ।

त्यसैगरी, बैंकले हालसम्म  ३ अर्ब ४२ करोड ८० लाख रुपियाँ निक्षेप संकलन गरी २ अर्ब ९८ करोड ८९ लाख रुपिया कर्जा प्रवाह गरेको छ ।

बैंकमा १० करोड ५३ लाख संचिति कोष रहेको छ ।

बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृतको रुपमा विनय रिजाललाई नियुक्ती गरेसँगै आफ्नो सेवालाई थप आधुनिक, सरल र प्रभावकारी बनाउँदै लगेको छ ।

त्यसका लागि बैंकले कर्मचारीहरुलाई समेत समय सापेक्ष तालिम दिँदै आएको बताइएको छ । बैंकले कर्मचारीहरुलाई एएमएल, केवाईसी र बैंकिङ कसुर सम्बन्धित तालिम दिइसकेको छ ।

आफ्नै आधुनिक भवनबाट सेवा प्रदान गर्ने तयारीमा जुटेको यो बैंकले केही समय अघिमात्र मोवाइल बैंकिङ र प्रिभिलेज बैंकिङ सेवा सुरुवात गरेको थियो ।

बैंकले निकट भविष्यमै एटीएम सेवा सुरु गर्ने तयारी गरिरहेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजालले ग्राहकहरुलाई सेवामा कुनै कन्जुस्याई नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

आगामी दिनमा समेत बैंकले २१ औं शताब्दी समय सुहाउँदो थप सेवाहरु प्रदान गर्दै जाने उनको भनाई छ ।

जनकपुरमा मूख्य कार्यालय रहेको उक्त बैंकले विभिन्न ८ स्थानमा शाखा विस्तार गरी आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

बैंकले चाँडै नै ४ वटा शाखा विस्तार गर्न लागेको जानकारी दिएको छ ।

....

शुक्रबार, २१ वैशाख, ०७५ 

प्रतिक्रिया

Related