जुम्लाको पातारासी गाउँपालिकालाई कृषि सेवा केन्द्र हस्तान्तरण

अब सबै जिम्मेवारी तथा आर्थिक कारोबार स्थानीय तहबाटै, स्थानीयलाई सहजता
निर्माण सञ्चार, कर्णाली प्रदेश | स्थानीय सरकार आएसँगै जिल्ला तथा केन्द्रमा हुने सबै कामकाज अब गाउँबाटै हुन थालेका छन् ।

कृषि, पशु, शिक्षालगायतका कार्यालयहरुले स्थानीय तहबाट सेवा प्रवाह गर्न थालिसकेका छन् ।

जिल्ला सदरमुकाममा रहेका कार्यालयहरु असार मसान्तसम्म रहने भएपनि साविकका गाविसमा भएका तथा अहिले तोकिएका स्थानीय तहका कृषि, पशु, स्वास्थ्य चौकी तथा सहकारीहरु स्थानीय तहलाई हस्तान्तरणग गर्नुपर्ने व्यवस्था छ ।

केन्द्रिकृत विकास प्रणाली विकेन्द्रीत हुँदै सबै कामकाज तथा तलब भत्ता खाने र बजेट निकास पनि स्थानीय तहबाटै हुने भएकाले कृषि सेवा केन्द्र ,पशु सेवा केन्द्र, स्वास्थ्य चौकी सहकारीहरु स्थानीय तहको माताहतमा संचालन हुन्छन् ।

जसका कारण सबै निकायलाई स्थानीय तहमा हस्तान्तरण गर्ने क्रम देशभर चलिरहेको छ ।

यसै सन्दर्भमा साविकको कर्णालीमा नै पहिलो पातारासी गाउँपालिकालाई कृषि सेवा केन्द्र हस्तान्तरण गरिएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लक्षिमन बोहोरालाई कृषि सेवा केन्द्र पातारासीको सबै विवरण बुझाइएको छ ।

कृषि सेवा केन्द्रले पहिले गर्दै आएको सबै कार्य पातारासी गाउँपालिकाबाटै हुने छन् । सिजन अनुसारका किसानलाई वीउ वितरण, खरिद गर्ने काम सबै गाउँपालिकाले गर्ने छ ।

वरिष्ठ कृषि विकास अधिकृत भरत प्रसाद कडेलले असार मसान्तदेखि सबै कार्यालय स्थानीय तहमा आएपछि कृषि सेवा केन्द्र हस्तान्तरण गर्नै पर्ने बताए ।

कामको सहजतका लागि गाउँपालिकासँग समन्वयन गरी सबै भन्दा अघि नै हस्तान्तरण गरिएको उनको भनाई छ ।

‘स्थानीय तहमा आएको पहिलो बजेट बिना शिर्षकको डल्लो आएको थियो’ पातारासी गाउँपालिका कृषि संयोजक लक्षिमन बोहोराले भने, ‘अब कृषि सेवा केन्द्र स्थानीय तहलाई हस्तान्तरण गरि सक्यौँ’ आगामी आवमा छुटै शिर्षकमाबजेट आउने र सोहि अनुसार स्थानीय तहलाई र कर्माचारीलाई कृषिका क्षेत्रमा काम पनि सहज हुन्छ ।’

‘पहिले सबै लेखाजोखा राख्ने, कहाँ के काम भयो लगायतका विषयमा सारै झन्झट हुन्थ्यो । महतले थपे’ ‘अब सबै जिम्मेवारी तथा आर्थिक कारोबार स्थानीय तहबाट हुन्छ ।

कर्मचारीलाई सहज हुने उनको भनाई छ ।

गाउँपालिका अध्यक्ष बोहोराका अनुसार, कृषि सेवा केन्द्र पातारासीका सबै स्थानीय तहबाट हुनेछन् भने अन्य पशु सेवा केन्द्र, गाउँमा रहेका सहकारीहरुलाई चाडो हस्तान्तरण गर्न अनुरोध गरिएको छ ।

जुम्लामा रहेका एक नगरपालिका र सात गाउँपालिकाहरुमा रहेका विभिन्न विषयगत कार्यालयहरु स्थानीयतहलाई हस्तान्तरण गरी कार्यसंचालन गर्न निर्देशन आए पनि अधिंकाशले हस्तान्तरण गरेका छैनन् ।

जसले आर्थिक अनियमितता तथा दैनिक कार्यसम्पदानमा असहजता हुने देखिएको छ ।

अब आउने बजेट सिधैँ गाउँपालिकाको खातामा आउने भएकाले पनि सम्बन्धीत स्थानीय तहमा रहेका विषयगत कार्यालयहरु सहकारी, स्वास्थ्य चौकी, पशु तथा कृषि सेवा केन्द्रलाई स्थानीय तहमा हस्तान्तरण गर्न आग्रह गरिएको छ ।

कृषि सेवा केन्द्र पातारासी स्थानीय तहमा हस्तान्तरण भए संगै जुम्लाका प्राय विषयगत कार्यालय विस्तारै हस्तानतरण हुदै जाने छन् ।

कर्णाली प्रदेशबाट सागर परियार 

 ....

शनिबार २२, वैशाख ०७५ 

प्रतिक्रिया

Related