‘मिस गुरुङ इन्टरनेशनल २०१८’

निर्माण सञ्चार, काठमाडौँ । मृगतृष्णा फेशन हाउसको आयोजना तथा स्टायल एडी इन्टरटेनमेन्टको व्यवस्थापनमा ‘मिस गुरुङ्ग इन्टरनेशनल’को दोश्रो सिजनको तयारी तिव्र रुपमा भैरहेको छ ।

अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता ‘मिस गुरुङ्ग इन्टरनेशनल २०१८’ को दोश्रो सिजन सुरु गर्न लागेको हो ।

गुरुङ्ग समुदायका युवती लक्षित तथा यस समुदायका कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजना हुँदै आएको छ ।

आर्मीक क्लबमा हुन लागेको उक्त प्रतियोगितामा नेपालका वरिष्ठ व्यक्तित्व एवं चर्चित कलाकारहरुको उपस्थिती रहने छ ।

अफिसर्स क्लबमा आयोजना हुने मिसेस गुरुङ्ग इन्टरनेशनल प्रतियोगीताको अडिसन काठमाडौ लगायत देशका मुख्य शहर नवलपरासीको कावासोती, पोखरा, लमजुङ, धरान, ईटहरी तथा नेपालगंज युवतीहरुको छनौट प्रक्रियाका लागि अडिसन राखिने मृगतृष्णा फेशन हाउसकी प्रबन्ध निर्देशक तथा चर्चित फेशन डिजाईनर तृष्णा गुरुङ्गले जानकारी दिइन ।

उक्त प्रतियोगिताको बिजेता तथा उपबिजेताले बिजेताहरुले स्कुटर, पचास हजार नगद पुरस्कार, फेशन डिजाईनरमा शत प्रतिशत स्कोलरसिप, थाईलैण्ड भ्रमण प्याकेज, एयर होस्टेस तालिममा स्कोलरसिप, ६ महिनासम्म व्युटी पार्लरमा विभिन्न सेवा सुविधा लगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरवार्तामा समेत सहभागिता हुन पाउनेछन् ।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ पच्चीस दिनको विशेष प्रशिक्षणमा सञ्चार दक्षता, एमसिइ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धी विषयमा प्रशिक्षण दिनेछन् ।

त्यसका अलावा फोटोसुट, ब्राण्ड टिसर्ट, आकर्षक गाउन उपलब्ध गराइ नेपालका महत्वपूर्ण स्थलहरुको भ्रमण, सामाजिक कार्यमा समेत सहभागी गराइनेछ । कार्यक्रमको प्रत्यक्ष प्रसारण सगरमाथा टेलिभिजन तथा स्थानीय टेलिभिजनबाट हुनेछ ।

...

सोमबार २५, वैशाख ०७५

प्रतिक्रिया

Related