काम ठग्ने निर्माण व्यवसायीलाई यत्तिकै नछाड्ने उर्जामन्त्री पुनको दाबी

आयोजनालाई अल्झाएर राख्ने कम्पनीलाई काम गर्न नपाउने गरी कालोसूचीमा, जरीवाना समेत तिराइने
निर्माण सञ्चार, काठमाडौँ | ऊर्जा तथा सिञ्चाइमन्त्री वर्षमान पुनले ऊर्जा तथा सिञ्चाइसम्वद्ध आयोजना निर्माणमा ढिलाई गर्ने निर्माण व्यसायी तथा परामर्शदता कम्पनीलाई कालोसूचीमा राखिने बताएका छन् ।

मंगलबार मन्त्रालयको मार्गचित्र सार्वजनिक गर्दै मन्त्री पुनले अब समयमै काम नसक्ने र आयोजनालाई अल्झाएर राख्ने निर्माण कम्पनीलाई दिर्घकालीन रुपमै काम गर्न नपाउने गरी कालोसूचीमा राख्ने बताए ।

उनले काममा लापार्वाही गर्ने ठेकेदारसँग सम्झौता तोडेर जरिवाना गरिने चेतावनी दिएका छन् ।

ऊर्जा तथा सिञ्चाइ क्षेत्र सुधारका लागि मन्त्री पुनले विभिन्न कार्ययोजना ल्याएका छन् ।

....

मंगलबार, २५ वैशाख, ०७५ 

प्रतिक्रिया

Related