प्राथमिकतामा ‘पूर्वाधार विकास’, समृद्धिको यात्रामा जुम्ला !

सबै बजेट आर्थिक वर्ष भित्रै खर्च गरिने, हालसम्म कुल बजेटको ५१ प्रतिशत खर्च
निर्माण सञ्चार, कर्णाली प्रदेश | देशमा संघियता कार्यान्वयन भएसँगै स्थानीय तहले उदाहरणीय कार्य गर्न थालेका छन् ।

सिंहदरबारको अधिकार गाउँगाउँमा महसुस गराउन जनप्रतिनिधि लागि परेका छन् ।

पहिलो संघिय सरकारलाई बचाउन तथा कार्यान्वयन गर्नका लागि विभिन्न चुनौतीकाबीच पनि गाउँपालिका समृद्धिको यात्रा थालिएको छ ।

गाउँपालिकामा कृषि प्राविधिक शिक्षालयदेखि पक्की पुल निमार्ण तथा एक गाउँ एक सडक जस्ता योजनालाई प्रथामिकतामा राखेर समृद्धीको यात्रा थालिएको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए ।

गाउँपालिकाको सार्वजानिक सुनुवाईका अवसरमा मंगलबार उनले पहिलो संघियतालाई बचाउन विभिन्न चुनौतीका समृद्धीको खाँका कोरिएको उल्लेख गरे ।

युवा उद्यमशिलता, महिला सीपमूलक तथा होसियारी तालिम, कृषि कार्यक्रमलाई पहिलो प्रथामिकतामा राखी काम भईरहेको उनको भनाई थियो ।

सार्वजानिक सुनुवाई कार्यक्रममा सहभागीको जिज्ञासा मेटाउदै अध्यक्ष बोहोराले ढिलो चाडो गाउँपालिका समृद्धीको सन्देश जिल्लामा पातारासीबाटै दिने पनि दाबी गरे ।

कृषि उत्पादनका हिसाबले अब्बल भएकाले यहाँको आलु तथा विश्वकै उच्च स्थानमा छुमचौर ज्युलोमा फल्ने कालीमार्सी धान संरक्षण जस्ता कुरालाई प्राथमिकता दिईने बताइएको छ ।

स्थानीय तहको निर्वाचन भएको एक वर्ष पुगिसकेको अवस्थामा सडक निमार्ण, एक घर एक धारा, पक्की पुल निर्माण, एम्बुलेन्स सेवा लगायत सम्पन्न भएको अध्यक्ष बोहोराको दाबी छ ।

‘कर्मचारी र जनप्रतिनिधिबीच कुनै मनमुटाव छैन’ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम बहादुर बुढाले भने, ‘कर्मचारीको नियमितता, विषयगत कार्यालय कार्यक्रम संचालनको अवस्था सन्तोषजनक रहेको छ ।’ नागरिकलाई सिंहदरबारको महसुश गराउन कर्मचारी र जनप्रतिनिधि बीचको सम्बन्ध नङ मासु जस्तो हुन आबश्यक रहेको उनको भनाई छ ।

उनले थपे ‘विस्तारै सबै कुराको व्यवस्थापन गर्दै पातारासी गाउँपालिकालाई नमुना तथा समृद्धपालिका बनाउने योजना अघि सारिएको प्रमुख प्रसाशकिय अधिकृत बुढाले बताए ।

गाउँपालिकामा आर्थिक वर्ष २०७४/७५ मा विभिन्न सात शिर्षकमा विनियोजित कुल २४ करोड ५८ लाख २१ हजार १ सय २६ मा खर्च १२ करोड ६१ लाख ५४ हजार खर्च भएको छ ।

कुल बजेटको अहिलेसम्म ५१ प्रतिशत खर्च भएको छ ।

जति कम बजेट खर्च भयो त्यति नै आगामी आवमा कम बजेट आउने अर्थ नीति छ ।

सोही अनुरुप विनियोजित सबै शिर्षकको बजेट आर्थिक वर्षभित्रै खर्च गरिसक्ने लक्ष्य गाउँपालिकाले लिएको जानकारी दिए ।

जुम्लाका आठै स्थानीय तहमध्ये सबै भन्दा अघि पातारासीमै सबै विषयगत कार्यालयहरु गाउँपालिामा हस्तान्तरण हुने कार्यजा रहेको उल्लेख गरे ।

गाउँपालिकाले गर्ने विभिन्न गतिविधिको पार्दशिता तथा आम नागरिकलाई सुसुचित गर्नका लागि आगामी आव बाट वर्षमा तीन चोटी गरिने उनको भनाई छ ।

सार्वजानिक सुनुवाई कार्यक्रममा जिज्ञासा राख्नेहरुले, छोटो समयमा भएपनि गाउँपालिकाले संघियताको महसुश गराएको बताए ।

तर पनि कतै विकास निमार्णका क्षेत्रमा राजनितिक हावी हुने प्रचलन भएकोले त्यसको अन्त्यका लागि सुझाब दिएको थिए ।

सात वटै वडा अध्यक्षहरु जनता मैत्रीपुर्ण हुनुपर्ने भन्दै आगामी वर्षका विकास निमार्णमा समाबेशी सहभागितालाई जोड दिन पनि माग गरेका छन् ।

यता, गाउँपालिकाले, प्राप्त सुझाबलाई आत्मसाथ गर्दै आगामी दिनमा गाउँपालिकाको समृद्धीका लागि काम गर्ने प्रतिबद्धता गरेका छन् ।

सार्वजानिक सुनुवाई कार्यक्रमको सहजीकरण सर्बोदय विकासका लागि अभियानले गरेको थियो भने आर्थिक सहयोग पातारासी गाउँपालिकाले गरेको हो ।

....
बुधबार, २६ वैशाख २०७४

 

 

 

प्रतिक्रिया

Related