पोर्न स्टारका दुखद दिन ! पतिविरुद्ध ७२ लाख अमेरिकी डलर जितेकी विन्दु कसरी बनिन् पोर्न स्टार ?

निर्माण साप्ताहिक विशेष वार्ता

नेपाली पोर्न स्टारका रूपमा प्रचार गरिएकी पोखराकी युवती बिन्दु परियारको पक्षमा अमेरिकी अदालतले फैसला गर्दै उनको पूर्वश्रीमान् टम रान्डेल सेवेलबाट ७२ लाख अमेरिकी डलर क्षतिपूर्ति गराएको छ । बिन्दुलाई नेपालबाट अमेरिका पुर्‍याई जबरजस्त पोर्नस्टार बनाएको ठहर गर्दै उनको पूर्वश्रीमान् विरुद्ध अदालतले उक्त फैसला गरेपछि उनले आफ्नो व्यक्गित जीवन र आफुले भोगेका पिडाका दिनका बारेमा यसरी यस्तो बताइन्—

कति वर्ष टमले तपाईंमाथि हिंसा गर्‍यो ?

म माथि पूरा दुई वर्ष हिंसा भयो, जसका सबै कुरा म शब्दमा व्यक्त गर्न सक्दिनँ । नारकीय जीवन भोग्न बाध्य भएँ म ।

तपाईंलाई आफूले कहिल्यै गलत गरें भन्ने भन्ने लागेको थियो कि ?

थियो, कसैप्रति धेरै विश्वास गर्नु हँदैन भन्ने लागेको थियो । यसैगरी नेपालमा बसेर अमेरिकाको सपना देख्नु गलत थियो भन्ने लाग्थ्यो । धेरै छन् यस्ता कुरा, जुन म भन्न पनि सक्दिनँ ।

नेपाली युवती अमेरिकामा गएर पोर्न स्टार भइन् भन्ने खबरचाहिँ कसरी थाहा पाउनुभयो ?

जब मैले केस फाइल गरेँ त्यसपछि उसले मलाई धम्क्याउँदै फोटो तथा भिडियो अपलोड गर्दो रहेछ, पछि एक दिन मिडियामार्फत नै मैले यो कुरा थाहा पाएँ । म पागलजस्ती भएँ । नेपालमा भएका मेरा बाआमाको इज्जत माटोमा मिल्यो भन्ने लाग्यो । अहिले त्यो क्षण सम्झन पनि चाहन्नँ ।

परिवार तथा आफन्तले के सोचे होलान् जस्तो लाग्यो, जब तपाईंको भिडियो भाइरल भयो ?

यो मान्छेले यसरी भिडियो अपलोड गर्ला भन्ने त कल्पना पनि गरेकी थिइनँ । भिडियोमा भनेझैं नगरौं त उसको डर थियो । कुटपिट अति नै गथ्र्यो । एक दिन किन यसरी भिडियो बनाएको भन्दा तैँले मलाई छोडिस् भने आफूलाई हेर्नका लागि बनाएको भनेको थियो । मेरो जीवनमा यति ठूलो घात गर्ला भन्ने त सोचेकै थिइनँ ।

तपाईंले परिवारलाई सोचेजस्तो सहयोग गर्न सक्नुभयो त ?

पहिलो पटक काम गर्दा १ लाख पठाउन सकें । पछिचाहिँ टमले मलाई नै पैसा दिन छाड्यो । मैले कमाएको सबै उसैले लिन्थ्यो ।

त्यसपछिका दिनहरूमा कसरी अमेरिकामा टिक्नुभयो ?

एक जना अमेरिकी नागरिकले रुँदै होटलमा बसेको देखेर सोध्यो, मैले आफ्नो सबै वृत्तान्त सुनाएपछि उसैको सहयोगमा कहिले सेल्टर त कहिले क्लबमा बस्छु । काम गरिरहेकी छु । नर्सिङ पढ्न पनि थालेकी छु ।

अहिलेचाहिँ तपाईंको परिवारको प्रतिक्रिया कस्तो छ ?

मैले मुद्दा जितेकोमा आमाबुबा खुसी हुनुहुन्छ । धैर्य गरेर बस, हाम्रो साथ कहिल्यै टुट्दैन भन्नुहुन्छ । मैले पनि बाँचुन्जेल न्यायका लागि लड्ने अठोट गरेकी छु ।

अबको तपाईंको योजना ?

काउन्सिलिङ, मेडिकेसन र अपलोड गरिएको भिडियो मेटाउन लाग्ने खर्च हो ७ दशमलव २५ मिलियन डलर ।

मैले कमाएको ३ करोड रुपैयाँ टमले नै खाइदियो । हामी दुईबीच एक जना मर्नुपर्छ भन्दै धम्की दिएको छ । म पनि सास रहुन्जेल लड्न तयार छु ।

नेपाल कहिले आउने ?

दसैंमा आउने योजना थियो सकिनँ । अहिले पढिरहेकी छु । केही पैसा जम्मा गरेर अनि नर्स बनेर मात्र नेपाल फर्कन्छु ।

(रेडियो कान्तिपुरका लागि कार्यक्रम प्रस्तोता सविना कार्कीले बिन्दु परियारसँग गरेको प्रत्यक्ष कुराकानीको सम्पादित अंश ।)

यसरी नेपाली चेली खाडी, अरब र अमेरिकी देशमा बेचिन बाध्य पारिएका छन् भन्ने सन्दर्भका लागि यो सामग्री प्रस्तुत गरिएको हो, सम्पादक ।

प्रतिक्रिया

Related