सनराइज बैंक लिमिटेडको दुहवी शाखा स्थानान्तरण

निर्माण सञ्चार, काठमाडौँ । सनराइज बैंक लिमिटेडले दुहवी शाखालाई सुनसरी जिल्ला, दुहवी न.पा. वडा नं. ५ (साविकको स्थानबाट करिब ५० मि. को दुरी) मा स्थानान्तरण गरेकोे छ ।

आईतबार एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्न राज बज्राचार्य, दुहवी नगरपालिकाका मेयर श्री वेद नारायण गच्छदार र उद्योग वाणिज्य संघ, दुहवीका अध्यक्ष श्री उमेश गोश्वानीले संयुक्त रुपमा दुहवी शाखाको समुद्घाटन गरेका हुन् ।

बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा ग्राहकहरू समक्ष पुर्याउने उद्देश्यले पायक पर्ने ठाउँमा उक्त शाखा स्थानान्तरण गरेको हो ।

हाल सनराइज बैंकले मुलुकभर आफ्नो ८० वटा शाखा, ९५ वटा एटिएम, २१ वटा शाखारहित बैंकिङ्ग सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्वारा आधुनिक एवम् सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लि. रहेको छ ।

...

सोमबार २४, वैशाख ०७५

प्रतिक्रिया

Related