सिराहामा यामाहाको नयाँ शोरुम उद्घाटन

निर्माण सञ्चार, काठमाडौँ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आइतबारबाट सिराहा नगरपालिकामा नयाँ डिलर सुरु गरेको छ ।

एमएडब्लुले रमन अटोमोबाइल सेन्टरमार्फत ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो ।

उक्त क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई पूर्ति गर्ने उद्देश्यले यामाहा मोटरसाइकलको डिलरसिप स्थापना गरिएको हो ।

नयाँ शोरुमको उद्घाटन प्रमुख अतिथि तथा सिराहा नगरपालिकाका मेयर अशेश्वर यादवले गरेका हुन् ।

रमन अटोमोबाइल सेन्टरबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको ‘थ्रि एस’ सहित एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउनेछन् ।

विश्वमै परिचित र विश्वसनीय मोटरसाइकल ब्रान्डको सोरुम स्थापना गर्न पाउँदा गौरव महसुस गरेको रमन अटोमोबाइलका राम कुमार यादवले बताए ।

उनका अनुसार अब यामाहाका मोटरसाइकल किन्न जानु नपर्ने भएको छ । शोरुममा हाई–टेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियन रहनेछन् जसले मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्नेछन् ।

...

सोमबार २४, वैशाख ०७५

प्रतिक्रिया

Related