पर्वतीय क्षेत्रका जनतामा समृद्धि पुर्याउन एनएमबी बैंक–इसिमोड सहकार्य

निर्माण सञ्चार, काठमाडौं । पर्वतीय क्षेत्र र वातावरणीय संरक्षणमा ध्यान दिदै आएको ‘इन्टरनेसनल सेन्टर फर इन्टेग्रेटेड माउन्टेन डिभालप्मेन्ट’ (इसिमोड) ले अब पर्वतीय क्षेत्रका जनताको जीवन स्तर माथि उठाउन पनि आफ्नो परियोजना केन्द्रित गर्न थालेको छ ।

पर्वतीय क्षेत्रको हिउँ तथा प्राकृतिक वातावरण संरक्षणका लागि पर्वतीय क्षेत्रका जनताको जीवनस्तर पनि समृद्ध हुनु पर्ने निष्कर्ष निकाल्दै नयाँ कोर्सबाट अघि बढ्न चाहको इसिमोडले जनताको समृद्धिका लागि एनएमबी बैंकसँग सहकार्य गरेको हो ।

‘समृद्ध नेपालका लागि’ बैंक तथा बैंकिङ कार्यक्रम अघि बढाउँदै आएको एनएमबीले आफ्नो बैंकिङ सेवा ग्रामीण जनताको तल्लो तहसम्म पुराउन यो कार्यक्रम अवलम्बन गरेको बताएको छ ।

बैंकले पनि पर्वतीय क्षेत्रका जनताको आर्थिक, सामाजिक समृद्धिका लागि इसिमोडसँग अघि बढ्न चाहेको बताएको हो ।

बैंक इसिमोड सहकार्यबारे दुवैले इसिमोड कार्यालय धापाखेलमा सयुक्त पत्रकार सम्मेलन गरेका थिए ।

दुवै पक्षले नेपालको पर्वतीय क्षेत्रमा रहने जनताको आर्थिक जीवन माथि उठाउने सम्झौता पत्रमा बुधबार हस्ताक्षर गरेका हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र इसीमोडका महानिर्देशक डा। डेभिड मोल्डेनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

पत्रकार भेटघाटमा बोल्दै सहयात्री दुवै संस्थाले सम्झौताको मुख्य उद्देश्य दुबै संस्थाले आफ्नो सांगठिन सञ्जाल मार्फत् पर्वतीय क्षेत्रमा बस्दै आएका स्थानीय बीच आर्थिक विकास सम्बन्धी कार्यक्रम लैजाने भएका हुन् ।

उनीहरुले आफ्नो प्राविधिक सीप तथा दक्षताद्वारा स्थानीय समुदायको सामाजिक आर्थिक विकासमा योगदान दिने बताएका छन् ।

सम्झौतापछिको पत्रकार भेटघाटमा बोल्दै आयोजकले पर्वतीय क्षेत्रमा लागू हुने ३ मुख्य कार्यक्षेत्र समेटिने जानकारी दिएका थिए ।

पर्वतीय क्षेत्रको स्थानीय समुदायमा लैजाने तीन कार्य क्षेत्रमध्ये पहिलो हो, वित्तीय क्षेत्रमा पँहुच पुराउने उद्देश्य, दोस्रो, लगानीको प्रभाव र तेस्रो, संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने गराउने रहेको छ ।

‘समृद्ध नेपालका लागि’ अन्तर्गत एनएमबि बैकले ऊर्जा, पर्यटन, साना तथा मझैला व्यवसाय र कृषि क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

 

 

...

आइतबार, २३ वैशाख, ०७५

 

प्रतिक्रिया

Related