९२ वर्षीय महाथिरको पुनरागमनः अब कस्तो बन्ला मलेसिया ?

निर्माण सञ्चार, काठमाडौँ | ९२ वर्षिय पूर्व मलेसियन प्रधानमन्त्री महाथिर मोहम्मदले देशमा भएको आम चुनावमा ऐतिहासिक जीत हासिल गरेका छन् ।

मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदले यसअघि आफैँले बनाएको गठबन्धनमा चुनाव जितेर प्रधानमन्त्री बनेका थिए ।

सन् १९८१ देखि २००३ सम्म मलेसियाको प्रधानमन्त्री रहेका महाथिर आधुनिक मलेसियाका जन्मदाता मानिन्छन्, जसले मलेसियालाई विकाशको पथमा डोर्याए ।

मले र तमिलबीचको द्वोन्धले मलेसियन जनता असुरिक्षत रहेका अवस्थामा उनले विकाश र प्रजातन्त्रको पश्चिामा मोडललाई अश्विकार गर्दै ‘पूर्वतिर हेर’ भन्ने नारा दिएका थिए ।

सोहीकारण उनी मलेसियाभित्र मात्र नभई पुरै एशियाली क्षेत्रका नेताका रुपमा स्थापित हुन सफल भएका थिए । अझै पनि मलेसियन जनताले सुरक्षाको महसुस गर्न सकिरहेका छैनन् ।

पेशाले चिकित्सक महाथिर त्यतिबेलाको सत्तारुढ बारिसन नेशनलबाट राजनीति गरी सत्तामा पुगेका थिए । उनले प्रधानमन्त्रीकालमा सत्ता गठबन्धन र देश दुवैलाई बलियो बनाए ।

हालको चुनावमा महाथिरको विपक्षी गठबन्धनल ११५ सीटमा जित दर्ता गराएको थियो ।

यो भनेको सरकार बनाउन आवश्यक ११२ सीट भन्दा पनि धेरै हो । महाथिरले बारिसन नेशनल (बीएन) गठबन्धनलाई चुनावमा लज्जास्पद हार चखाएको छ ।

निर्वाचन आयोगका अनुसार महाथिरको पार्टीले ११३ सिट जितेको छ निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै महाथिरको पार्टीका समर्थकहरु सडकमा विजय उत्सव मनाइरहेका छन् ।

कूनै पनि किसिमको बदला लिनु नभएर कानुनको शासन लगाउन चाहाने माहाथिरको भनाई थियो ।

शपथ ग्रहण समारोह भने आउने बिहीबार आयोजित गरिने उनले विश्वास व्यक्त गरेका छन् ।

यस शपथ ग्रहणका साथै महाथिर विश्वकै सबैभन्दा वृद्ध निर्वाचित नेता पनि बन्नेछन् ।

बीएन र यसको प्रमुख पार्टी, संयुक्त मलेसिया राष्ट्रिय संगठन (युएमएनओ) १९५७ मा ब्रिटेनबाट स्वतान्तत्रता मिलेदेखि नै सत्तामा थियो ।

तर केही वर्षयता उसको लोकप्रियतामा भारी गिरावट देखिएको थियो ।

त्यही कारण यो पटकको आम चुनावमा उसलाई केबल ७९ सीट मात्रै मिलेको छ ।

यस पटक महाथिरले वर्तामान प्रधानमन्त्री नजीब रजाकविरूद्ध खुलेर अभियान चलाएका थिए र त्यसको नतिजा पनि देखिँदै पार्टीले ठुलो जित हासिल गरे ।

महाथिर स्वयम् पनि एक समयमा बीएनका एक अहम नेता थिए ।

उनी नजीबका राजनीतिक गुरु हुन् ।

केही समयपछि महाथिरले पार्टीबाटै छुट्टिने निर्णय लिए ।

सोही समयमा उनले भनेका थिए ‘जो पार्टी भ्रष्टाचारको समर्थन गर्छ, उसको साथमा रहनु भनेको अपमानजनक हो ।’

महाथिर २ वर्षसम्म मात्रै प्रधानमन्त्री बन्नेछन् ।

त्यसपछि उनले अर्का नेता अनबर इब्राहिमलाई सत्ता हस्तान्तरण गर्नेछन् । इब्राहिम हाल यौन उत्पीडनको आरोपमा जेलमा छन् ।

उनलाई आममाफी दिलाउने र उप–निर्वाचन गराएर प्रधानमन्त्री पद हस्तान्तरण गर्ने महाथिरको योजना रहेको बताइन्छ ।

दुई वर्ष सत्तामा बसेर उनले मलेसियालाई अझै कस्तो रुपमा लैजान् भन्ने मलेसियन जनताको चासोको विषय बनेको छ ।

 

.....

बिहीबार, २७ वैशाख, ०७२

 

प्रतिक्रिया

Related