लाङटाङ म्याराथन जेठ ५ गते– टानको भव्य तयारी

निर्माण सञ्चार, काठमाडौं । ट्रेकिङ्ग एजेन्सिज् असोसिएसन अफ नेपाल (टान) ले यस वर्षको अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन जेठ ५ गते गर्ने भएको छ ।

टानद्वारा आयोजना गरिने यो म्याराथन अन्तर्राष्ट्रिय तेस्रो संस्करण हो ।

म्याराथनको उद्देश्य विगतकै जसरी भूकम्प पछिको लाङटाङ सुरक्षित छ र ट्रेकिङ पर्यटन गर्न लायक छ भन्ने सन्देश अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक टानका अध्यक्ष नवराज दाहालले बताए ।

रसुवा सिन्धुपाल्चोक सहित चीनको सिमानासम्म जोडिने लाङटाङ क्षेत्र पर्वतीय पर्यावरणमा समेत अन्तर्राष्ट्रिय महत्त्व राख्ने क्षेत्र हो ।

यसको संरक्षण, संवद्र्धन तथा यसलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन सके नेपालको पर्यटन उद्योगमा पनि सकारात्मक टेवा पुग्ने टानका कोषाध्यक्ष रामकृष्ण तिमिल्सिनाले बताए ।

कार्यक्रमका प्रेस संयोजक रहेका टान कार्यसमिति सदस्य गोपाल श्रेष्ठका अनुसार यस पटकको म्यारथनको नारा ‘एडभेन्चर स्पोर्टस् फर सस्टेनेबल टुरिजम’ रहेको छ ।

भूकम्प पछि ध्वस्त ट्रेकिङ रुट मध्ये महत्त्वपूर्ण र राजधानीदेखि नजिक पनि रहेको यो म्याराथनको रुट क्याङजिङ गोम्पादेखि सुरु भई घोडा तबेला हुँदै स्याफ्रुबेसीमा पुगेर समापन हुने छ ।

विजेतालाई पुरस्कार पनि

विगतझैं यो वर्ष पनि लाङटाङ म्याराथनमा पुरुष र महिला दुवै तर्फ पुरस्कार रहेको आयोजक टानले बतायो ।

प्रथम, द्वितीय, तृतीय विजेतालाई क्रमशः एक लाख ५ हजार, ७८ हजार ७ सय ५० र ५२ हजार ५ सय रुपियाँ नगद सहित पदक र प्रमाणपत्र रहेको छ ।

टान कार्य समिति सदस्य समेत रहेकी ऋतु म्याग्दान यो कार्यक्रमकी संयोजक हुन् । उनका अनुसार यस म्याराथनमा विदेशी र स्वदेशी गरी ३ सय बढी धावक सहभागी हुने अपेक्षा राखेकी छन् ।

म्याराथनको रुट --

 

...

शुक्रबार, २८ वैशाख, ०७५

 

प्रतिक्रिया

Related