मोदीको पशुपतिनाथ पूजाका ‘दुर्लभ तस्वीर’, मन्त्री अधिकारीको ‘टोकन अफ लभ’

निर्माण सञ्चार, काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको पशुपति नाथ विशेष पूजा पनि चर्चामा रह्यो, कारण थियो, पूजा अवधिमा पशुपतिनाथ भित्र सञ्चारले प्रवेश नपाउनु ।

मोदीलाई साथ दिएका थिए संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले र साथमा थिए पशुपति क्षेत्र विकाश कोषका पदाधिकारीहरु ।

शनिबार बिहानै मुक्तिनाथ पूजा गरेर झन्डै १२ बजेतिर पशुपतिनाथ प्रवेश गरेका मोदीले २५ मिनेटसम्म पशुपतिनाथजीको पूजा आराधना गरेका थिए । योसम्म गरी उनको पशुपतिनाथजीको विशेष पूजा तीन पटक भएको छ । 

नाकाबन्दी अघि पनि उनी राजकीय भ्रमणकै अवसरमा नेपाल आउँदा पशुपतिनाथजीको पूजा–अर्चना गरेका थिए । पशुपति क्षेत्र विकास कोषका सिइओ रमेश उप्रेतीका अनुसार मोदीले करिब २५ मिनेट शिवजीको पूजा गरेका थिए ।

मन्दिर परिसरभित्र रहेका ७ वटै मन्दिरमा पूजा पछि उनले विशेष ध्यान समेत गरेका थिए ।

कोषका सिइओ उप्रेतिका अनुसार मोदीले प्रसादहरु धेरै किसिमका चढाएका थिए । जुन उनले भारतबाटै ल्याएकै थिए । मोदीले बन्द खाममा राखेर पूजारीहरुलाई दक्षिणा समेत दिएका थिए ।

पूजाको आरम्भमा उनले वासुकीनाथको पूजा पछि पशुपतिनाथ मन्दिरमा पूजा गरेका हुन् ।

मोदीले भुइँमा पलेटी कसेर पूजा गरेका थिए । पशुपति नाथ मन्दिर पूजाका लागि क्षेत्र विकास कोषले केही वर्षदेखि लगाएको नियम अनुसार नै मोदीले परम्परागत पूजा गरेका थिए ।

पूजाको नयाँ नियम अनुसार वासुकीनाथ मन्दिरमा ११ सय रुपियाँको विशेष पूजा हुने नियम छ भने पशुपतिनाथ मन्दिरको आराधनाका लागि ५१ सय रुपियाँको बिल काटेर विशेष पूजा गर्न सकिन्छ, जुन मोदीले गरेका छन् ।

मोदीलाई मन्त्री अधिकारीको उपहार

पूजापछि नेपालका तर्फबाट क्षेत्र विकास कोषले तयार पारेको विशेष उपहार मोदीलाई दिइएको थियो ।

कोषका अनुसार पर्यटन तथा सँस्कृति मन्त्री रवीन्द्र अधिकारीले मोदीलाई पशुपतिनाथको प्रतिमा उपहार दिएर बिदाइ गरेका थिए ।

मोदीलाई स्वागत तथा बिदाइ समारोहमा पशुपति क्षेत्र विकास कोषका अधिकारीहरु समेत सामेल थिए । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष निमन्त्रणमा उनी २ दिने भ्रमणका शुक्रबार नेपाल आइपुगेका हुन् ।

पहिलो दिन जनकपुरमा जानकी मन्दिरको विशेष पूजाआज र नगरिक सम्बोधन गरेका मोदी शुक्रबार साँझ काठमाडौं आएका थिए ।

गौशालास्थित होटेल द्वारिकाजमा नेपालका प्रधानमन्त्री सहित दुवै देशका प्रधानमन्त्रीहरुले विशेष सम्बोधन गरेका थिए । जहाँ २ दशक अघिदेखि विवादास्पद रहेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको उद्घाटन गरेका थिए ।

पशुपति पूजा पछि हाटेल हायात पुगेमा मोदीले नेपाली काँग्रेस नेतृत्वलाई सामूहिक तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भने एक्ले भेट गरेका थिए ।

त्यसपिछ साँढे ३ बजे मोदी काठमाडौं महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दनमा सहभागी हुने छन् । राष्ट्रियसभा गृहमा आयोजना गरिएको अभिनन्दनसँगै उनी आजै भारत फर्कने छन् ।

यस अघिको भ्रमणमा पशुपति नाथका लागि ४५ करोड बराबर रकमको श्रीखण्ड दान गरेको घोषणा गरेका मोदीले यसपटक भने कुनै घोषणा गरेका छैनन् । तर, अघिल्लो दिन जनकपुरको नागरिक अभिनन्दन समारोहमा बोल्दै मोदीले जनकपुर सहित प्रदेश २ का लागि १ अर्ब रुपियाँ सहयोग गर्ने घोषणा गरेका थिए ।

मोदीले पशुपति भित्र गरेका पूजाका खासै तस्वीर बाहिर आउन सकेका छैनन् । प्राप्त तस्वीर यस प्रकार रहेका छन्— 

 

 

 

...

शनिबार, २९ वैशाख, ०७५

 

प्रतिक्रिया

Related