जुवातास र लागूऔषधमुक्त कर्णाली प्रदेश बनाइने गृहमन्त्री भण्डारीको दाबी

‘कर्णाली प्रदेशका जनतालाई संघियताको महसुश हुने गरी काम गर्छु’
निर्माण सञ्चार, कार्णाली प्रदेश | कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन (गृह) मन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश जुवातास र लागूऔषधमुक्त बनाइने बताएका छन् ।

प्रदेशमा जुवातास खेल्ने र खेलाउन प्रवृत्तिको अन्त्य गर्दै मदिरा न्युनिकरण गरी लागूऔषध मुक्त बनाइने उनको भनाई छ । कर्णाली प्रदेशमा पछिल्लो समय जुवातासको बिगबिगी छ ।

उनले भने ‘यसमा प्रदेश सरकारको विशेष ध्यान केन्द्रित भएको छ’, चाडै सरकारले यस विषयमा कडा कदम चाल्छ ।’

सोमबार गृह जिल्ला जुम्ला पुगेका मन्त्री भण्डारीले पत्रकारसँग कुराकानी गर्दै लागूऔषध मुक्त र मदिरा न्यूनिकरणका लागि माताहतका निकायलाई निर्देशन समेत दिइसकेको जानकारी दिए ।

सुरुवात जुम्लाबाटै हुने भन्दै उनले यहाँका सम्बन्धीत निकायहरुलाई भनिसकेको बताए ।

आदेशको अवज्ञा गरी जुवातास तथा लागुऔषधको व्यापार गरेको भेटिए सिधैँ खोरमा हाल्ने मन्त्री भण्डारीले चेतावनी दिए ।

लागूऔषध प्रयोगले समाजमा विकृति र युवामा ठूलो समस्या बढ्दै गएको छ । त्यसैमा झन् जथाभावी मदिरा प्रयोगले घरेलु हिंसादेखि समाज कलंकित हुँदै गएको छ ।

अब प्रदेश सरकारले यसलाई अभियानको रुपमा लिने उनको दाबी छ ।

अभियानमा गाउँस्तरबाटै सामाजिक सहयोगको आवश्यक रहेको मन्त्री भण्डारीले बताए ।

समृद्ध तथा शान्त समाज निर्माणका लागि यस्ता विकृती अन्त्य गर्न आवश्यक छ ।

मन्त्री भण्डारीले जुम्ला प्रशासन र प्रहरीले जुवातास/लागूऔषध प्रतिवन्द्धका लागि गरेको कामको समेत उनले प्रशंसा गरेका छन् ।

जुम्लामा परिवर्तनका प्रयास भईरहेको हुँदा जुवातास र लागूऔषध प्रतिबन्द्ध अभियानमा प्रहरी, प्रसाशनको भूमिकाले आफुलाई काम गर्न थप उर्जा मिलेको मन्त्री भण्डारीले बताए ।

अब सरकारका गतिविधि गाउँस्तरमा कसरी कार्यान्वयन गर्ने भन्ने विषय महत्वपूर्ण रहेको उनको भनाइ छ ।

कर्णाली प्रदेश सरकारले एक दर्जन कानुन अगाडि बढाएको छ, यसमा जनताको सुझाबलाई मुख्य आधार बनाइनेछ ।

प्रतिनिधिको सेवा सुविधासम्बन्धी कानुन पनि अगाडि बढिसकेको छ, उनले भने, ‘कर्णाली प्रदेश डिजिटल प्रदेशको रुपमा अगाडि बढ्ने योजना तीव्र पारिएको छ ।’

सुर्खेतबाट सुरु गरिएको साइरन जडान, जिपिएस प्रणालीसहित ४० बुँद्धे योजना कार्यान्वयनका लागि सरकार लागि परेकोसमेत उनले बताए ।

उनले डिजिटल प्रविधिबाटै अब प्रहरीलाई अपराध अनुसन्धानमा समेत सजिलो हुने बताए ।

राज्यले सरकारात्मक कदम चाले जनताको सहयोग हुने दाबी गर्दै प्रदेश सरकारले थालेको यातायात सिण्डकेट प्रथाको अन्त्यको सुरुवात भएको बताए ।

आफ्नो कार्यकालमा कर्णाली प्रदेशका जनतालाई संघियताको महसुश हुनेगरी काम गर्ने समेत मन्त्री भण्डारीले दाबी गरे ।

कर्णाली प्रदेशबाट सागर परियार

....

मंगलबार, १ जेठ, ०७५ 

प्रतिक्रिया

Related