सुर्खेतबाट हुम्ला उडेको विमान सिमिकोटमा दुर्घटना, चालक सहित दुईको मृत्यु

निर्माण सञ्चार, काठमाडौं । सुर्खेतबाट हुम्लाका लागि सिमिकोट उडेको मकालु एयरको विमान दुर्घटना भएको छ ।

बुधबार बिहान ६ः१२ बजे कार्गोको सामान लिएर उडेको विमान सम्पर्कविहीन भएको थियो ।

सुर्खेतबाट सिमिकोटको लागि उडेको विमान दुर्घटना हुँदा चालक दलका दुईजनाको मृत्यु भएको छ ।

त्रिभुवन विमानस्थलका एक अधिकारीले भने, ‘सिमिकोटको एपोर्ट नजिक दुर्घटना अवस्थामा विमान भेटिएको छ । विमान तथा चालक दलका दुईजनाको मृत्यु भएको छ ।’

चालकदलमा क्याप्टेन किरण भट्टराई र को(पाइलट आदित्य नेपाली रहेका थिए ।

विमानको अवस्था र चालक दलको थप अवस्थाबारे खोजी भइरहेको त्रिभुवन विमानस्थलका अधिकारीले बताए ।

...

बुधबार २, वैशाख, ०७५

प्रतिक्रिया

Related