दुई कोरिया वार्ता गम्भीर मोडमा, युद्ध अभ्यास जारी राखेको भन्दै उत्तर कोरियाद्वारा वार्ता रद्द

निर्माण सञ्चार, एजेन्सी । अमेरिका दक्षिण कोरिया बीचको संयुक्त सैन्य अभ्यास नरोकिएपछि उत्तरकोरियाले दक्षिणसँगको उच्चस्तरीय वार्ता रद्द गरेको छ ।

वार्ता उचाइमा लैजानेबारे दुवै कोरियाबीच आपसी सैन्य अभ्यास स्थगित गर्ने सहमति थियो । तर, दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास नरोकिएपछि दक्षिण कोरिया असन्तुष्ट बनेको छ ।

उत्तर र दक्षिण कोरियाबीच पनमुनजोनमा बुधबार (आज) हुने भनिएको वार्ता रद्द भएको छ ।

यस घटनाले १२ जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा तय भइसकेको वार्ताको भविष्यमाथि पनि कालो बदाल मडारिएको छ ।

उत्तर कोरियाली समाचार एजेन्सी केसिएनले वार्ता रद्द भएको पुष्टि गरेको हो । केसिएन अनुसार अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास वार्ता बिथोल्ने ‘उक्साहट’ हो ।

अमेरिकी रणनीतिमाथि आशंका

दुई कोरियाबीच सम्बन्ध सुमधुर बन्ने र भविष्यमा एउटै कोरिया हुने आशा पलाइरहेकैबेला अमेरिकाले द. कोरियालाई सैन्य अभ्यासमा सघाइरहनुले अमेरिकी व्यवहार प्रति शंका उठेको छ ।

शुक्रबारबाट अमेरिका र दक्षिण कोरियाले ‘मेक्स थन्डर’ नामक संयुक्त युद्ध अभ्यास सुरु गरेका छन् ।

यो यद्धाभ्यासमा बी–५२ बम वर्षक विमान र एफ–१५ जेट विमानसमेत करिब १ सय लडाकू विमान परिचालित छन् । यो उद्धाभ्यास किन र केका लागि भन्ने आशंका यतिबेला बलियो बनेको छ ।

यस घटनाले दुई कोरियाबीचको निर्णायक वर्ता अमेरिका चाहदैन कि भन्ने कोरियाली प्रयाद्वीपमा उठिरहेको आशंकालाई बल पुराएको छ ।

अमेरिका र दक्षिण कोरियाबीच सन् १९५३ मा भएको सम्झौताअनुसार अमेरिका र दक्षिण कोरियाले यस खाले युद्ध अभ्यास गर्दै आएका छन् ।

उत्तर कोरिया सुरुदेखि नै यसको विरोधमा उभिएको छ ।

हालै मात्र उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनबीच दक्षिण कोरियामा ऐतिहासिक वार्ता भएको थियो ।

वार्तामा कोरियाली प्रायद्वीपलाई परमाणु हतियार मुक्त गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार उत्तर कोरियाले आफ्नो परमाणु परीक्षणस्थल बन्द गरेको घोषणा गरिसकेको छ ।

तर, दक्षिण कोरियाले भने आफ्ना सैन्य गतिविधि रोकेको छैन । अमेरिकी सेनासँग सैन्य तालिम नरोकिएको उत्तरको भनाइ छ ।

यस अघि सन् १९५३ मा उत्तर र दक्षिण कोरियाका नेताहरुले युद्धविराम भएको घोषणा गरेका थिए । यसलाई औपचारिक रुपमै यही वर्ष शान्ति सन्धिको रुप दिने गरी दुई कोरियाबीच वार्ता अघि बढिरहेको अन्तर्राष्ट्रिय पक्षको बुझाइ रहेको थियो ।

 

 

...

बुधबार २, वैशाख, ०७५

 

प्रतिक्रिया

Related