ठगिँदै उपभोक्ताः जुम्लाका डिलरमै भेटिए म्याद गुज्रेको सामान

‘अबको अनुगमन गाउँ केन्द्रित हुनेछ’– सहायक प्रजिअ थापा
निर्माण सञ्चार, कर्णाली प्रदेश। जुम्लाका डिलरमानै म्याद सकिएको सामान भेटिएकाे छ । म्याद सकिएकाे सामान बिक्री वितरण भइरहेकाेले यहाँका उपभोक्ताहरु प्रत्यक्ष रुपमा ठगिने गरेकाे पत्ता लागेकाे छ ।

दैनिक लाखौँको कारोबार गर्ने डिलरमा मिति सकिएको सामान बिक्री वितरण भइरहेको पाइएको छ । ग्रामिण भेगबाट आउने उपभोक्ताहरु त्यति सामानको उत्पादन मिति सकिने मितिमा ध्यान दिँदैनन् ।

सामान बेच्न पाए हुन्छ । न त उपभोक्तानै मिति छ छैन भन्नेमा नै ध्यान दिन्छन् । तर प्रत्यक्ष रुपमा ठगिएको पत्तोनै पाएका छैनन् ।

स्याउ प्रशोधन केन्द्र जुम्लाको आयोजना र जिल्ला प्रशासन कार्यालय जुम्लाको सहजीकरणमा भएको बजार अनुगमनमा डिलरहरुमा नै म्याद गुजे्रका सामानहरु भेटिएका छन् ।

सरोकारवालाले संयुक्त रुपमा गरेको अनुगमनमा जुम्ला बजारमा रहेका ४ वटा होलसेल पसलमा म्याद गुजे्रका सामानहरु भेटिएका हुन् ।

नौवटा डिलरमा अनुगमन गरिएकोमा चारवटा होलसेल पसलबाट समय गुजे्रका सामान जफत गरिएको छ । तेल र जंग फुडहरुको समय गुज्रेका सामान धेरै पाइएको स्याउ प्रशोधन केन्द्र जुम्लाका प्रमुख अमृतभुषण दाहालले जानकारी दिए ।

नियमित बजार अनुगमन नभएकै कारण समस्या निम्तिएको उनको भनाइ छ । जुम्लाका लाखौँ उपभोक्ता यसरी ठगिइरहेका छन् । जुम्लाका एक नगरपालिका सहित सात गाउँपालिकाले बेला–बेला अनुगमन गर्नुपर्ने बताए । नभए नागरिकको स्वास्थ्य प्रतिकूल असर पर्ने देखिन्छ ।

बजार अनुगमन करिब चार हजार ५ सय ९५ मूल्य बराबरको सामान जफत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले बताए । उनकाअनुसार स्थानीयलाई म्याद सकिएको खाने कुरा खाँदा हुने बेफाइदा तथा सामानको सकिने म्यादका बारेमा स्पष्ट गराउन आवश्यक रहेको बताए ।

अधिकारी टेकबहादुर बुढ्थापाले भने, ‘अनुगमनलाई ग्रामिण क्षेत्र केन्द्रित गर्न पनि आवश्यक छ ।’

उनले थपे, ‘बजार क्षेत्र त यस्तो छ । यतैबाट मिति गएका सामान गाउँमा लिन्छन् भने, गाउँको अवस्था के होला ?’

अबका अनुगमनहरु गाउँ केन्दित गरिनेमा सहायक प्रजिअ बुढ्थापाले जोड दिए ।

अनुगमनमा स्याउ प्रशोधन केन्द्र, जिल्ला प्रशासन कार्यालय, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय र नागरिक समाज लगायत जिल्ला सरोकारवाला निकायका प्रतिनिधिको सहभागितामा अनुगमन भएको थिए ।

जिल्ला सरोकारवार निकाय र संचारकर्मीको रोहवरमा जफत गरिएका सामानहरु नष्ट गरिएको छ ।

आगिमी दिनमा बजारमा मात्र अनुगमन नभएर स्थानीय स्तरमा रहेका बजारहरुको पनि अनुगमन गर्ने र यो अनुगमनलाई निरन्तरता दिने स्याउ प्रशोधन केन्द्र जुम्लाले जनाएको छ ।

 

कर्णाली प्रदेशबाट सागर परियारकाे रिपाेर्ट 

...

आइतबार ३०, वैशाख ०७५

प्रतिक्रिया

Related