मोदीको ट्विट र नेपालको पर्यटनमा पार्ने प्रभावः ४२ मिलियन बढी ‘फलोअर्स’ रहेका मोदीले मुक्तिनाथबारे के भने यस्तो ?

निर्माण सञ्चरा, काठमाडौं । आफ्नो २ दिने राजकीय भ्रमण सकेर फर्केका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्विटरमा मुक्तिनाथका तस्वीरहरु सार्वजनिक गरेर नेपालको पर्यटकीय पाटो लुकेको मुक्तिनाथ क्षेत्रको महत्त्व बढाइदिएका छन् ।

ट्विटरमा विश्वमै धेरै ‘फलोड’ मध्ये एक नेता हुन् मोदी । उनले नेपालको दुई दिने राजकीय भ्रमण क्रममा शनिबार बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गरेर फर्किएका थिए ।

लगत्तै उनले आफ्नो ट्विटरबाट मुक्तिनाथका तस्वीरहरु प्रक्षेपण गरे । जसको चर्चा सामाजिक सञ्जालमा चलिरहेको छ ।

होटेल हायात नआइपुग्दै मोदीले मुक्तिनाथ बारे लगातार तीनवटा ट्विट गरेका छन् । मुक्तिनाथ मन्दिरको दर्शन, त्यहाँका नागरीकले दर्शाएको सदभावको बारेमा उन कृतज्ञता पोखेका छन् ।

मोदी सामाजिक सञ्जालमा बढी नै क्रेज भएका नेताका रुपमा चित्रित छन् । उनको प्रभाव सानो छैन । आजको दिनमा उनलाई विश्वका ४२ करोड बढी मानिसहरुले पच्छ्याइरहेका छन् ।

प्रधानमन्त्री जतिको व्यक्तित्वले यत्रो संख्यामा रहेका फ्लोर्स मार्फत् गरेको ट्विटको प्रभाव नेपाली पर्यटन क्षेत्रमा साँच्चिकै प्रभावकारी हुनेमा दुई मत छैन ।

मोदी सामाजिक सञ्जालमा बढी नै क्रेज भएका नेताका रुपमा चित्रित छन् । उनको प्रभाव सानो छैन । आजको दिनमा उनलाई विश्वका ४२ करोड बढी मानिसहरुले पच्छ्याइरहेका छन्

धार्मिक तीर्थाटनको बहाना बनाएर आफ्नो धुमिल छवि समेत सफेद बनाउने उद्देश्यले नाकाबन्दी पछि पहिलो पटक नेपाल आएका मोदीले नेपाल र नेपाली बारे प्रशांसामा पनि शब्दहरु खर्चेका थिए भने नेपालको तीर्थ पर्यटनको महत्त्व झल्काउने गरी पशुपतिनाथ, लुम्बिनी, सगरमाथा, मुक्तिनाथ, स्वयम्भू जस्ता धेरै ठाउँको नाम पनि बारम्बार लिएका थिए ।

पशुपतिनाथ पूजा पछिको ट्विट

 

भारत, जसलाई हिन्दुस्थान भनेर चिनिन्छ, जहाँको जनसंख्याको झन्डै ६० प्रतिशत बढी हिन्दु धर्ममा आस्था राख्ने नागरिकहरु छन् ।

ती मध्ये केही हिस्सा मात्रै पनि मुक्तिनाथ जान लालयित भयो भने यो वर्ष मुक्तिनाथमा भारतीय पर्यटक ओइरिन बेर छैन ।

पर्यटकीय महत्त्व बोक्ने यस्ता धेरै धार्मिक स्थलबारे सरकारले आजसम्म पनि प्रचार–प्रसार गरेको पाइन्न ।

पर्यटन मन्त्री बनेलगत्तै युवा नेता रवीन्द्र अधिकारीले जिडिपीमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पुर्याउने बताएका छन् ।

यदि उनी आफ्नो यही इच्छा पूरा गर्न चाहन्छन् भने सजिलो उपाय यो हुन सक्छ कि, लुम्बिनी, बौद्ध स्तुपाहरु, मुक्तिनाथ र पशुपतिनाथमा पर्यटक बढाउने रणनीतिमा लागे हुन्छ ।

यहाँसम्म पुग्ने पूर्वाधारको व्यवस्था, आवास, खानपिन र सुरक्षाको व्यवस्था गर्ने र प्रचार प्रसार गर्ने हो भने नेपालमा चीन र भारतबाट मात्रै आजको ४ गुना बढी पर्यटक भित्रिने टानका पूर्व अध्यक्ष चन्द्र रिजाल बताउँछन् ।

मोदीको मुक्तिनाथ मोह झल्काउने ट्विट

 

 

 

 

...

आइतबार, ३० वैशाख, ०७५ 

प्रतिक्रिया

Related