दुर्घटनाग्रस्त मकालु एयरको विमान यस्तो अवस्थामा !

निर्माण सञ्चार, काठमाडौँ | मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

सुर्खेतबाट बुधबार बिहान हुम्लाको सिमिकोटका लागि उडेको विमान पहाडमा ठोक्किएर दुर्घटना भएको हो ।

विमान हुम्लामा क्षत–विक्षत अवस्थामा भेटिएको छ ।

विमानमा रहेका चालक दलका दुबै सदस्यको मृत्यु भएको छ । विमानको अग्रभाग मैदानमा धस्सिएको र पछाडिको भाग क्षत–विक्षत छ ।

नाइन एन एयूजे कलसाइनको विमानले बोकेका सामान, यसका पाटपुर्जा र कागजपत्र मैदानमा छरप्रस्ट भएका छन् ।

उक्त विमानमा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपाली सवार थिए ।

ती दुवैको मृत्यु भएको हो । दुर्घटनाको कारण भने खुल्न बाँकी नै छ ।

...

बुधबार २, वैशाख ०७५ 

प्रतिक्रिया

Related