एनएमबि बैंकको एकैपटक १६ नयाँ शाखा सञ्चालनमा

निर्माण सञ्चार, काठमाडौँ | एनएमबि बैंकले नेपाल राष्ट्र बैंकले तोकेको समयसिमाभित्रै एकै पटक १६ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।

देशका विभिन्न स्थानीय प्रदेशहरुका गाउँपालिका, नगरपालिका तथा बैकिङ्ग पँहुचबाट टाढा रहेको स्थानहरुमा बैंकले नयाँ शाखाहरु खोलेको हो ।

यस शाखा बिस्तार योजनासँगै बैंकको कुल १०८ शाखा ४ एक्टेन्सन काउन्टर ९२ एटिएम पुगेको छ ।

त्यस्तै, बैंकको भगिनी संस्था एनएमबि माइक्रो फाइनान्सको ७५ शाखा संजाल समेत गरेर देशका तराई, पहाड तथा हिमाल सबै क्षेत्रमा सन्तुलित बैकिङ्ग पहुँच बढेको छ ।

एनएमबि बैंकको नँया शाखाहरुको सुरुवात भएसँगै स्थानीयहरुको वित्तिय सहभागिता भई जीवनस्तरमा समेत साकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ ।

साथै सरल बैकिङ्गको पँहुचमा सर्वसाधारण पुग्नेमा बैंक विश्वस्त रहेको बैंकबाट जारी पे्रस विगप्तीमा उल्लेख गरिएको छ ।

...

बुधबार २, वैशाख ०७५ 

प्रतिक्रिया

Related