युवा संघले गर्यो ‘आइस ब्रेक’, ड्रोन उडाएर २८औं वार्षिकोत्सव ! (फोटो सहित)

निर्माण सञ्चार, काठमाडौं|  युवा संघ नेपालले आफ्नो २८ औं वसन्त मनाएको छ ‘आइस ब्रेक’ गरेर । इतिहासमै लेखिने कनै नयाँ उचाइ लिएको घटनालाई अंग्रेजीमा ‘आइस ब्रेक’ शब्द दिइन्छ ।

संघले पनि आफूले केही नयाँ उचाइ लिने काम गर्ने संकेतका रुपमा आइसबे्रक गरेको दाबी गरेको छ ।

विज्ञान र प्रविधिको समेत प्रयोग गरेर संघले आफ्नो २८ औं वार्षिकलाई नयाँपन दिन खोजेको देखियो । प्रधानमन्त्री केपी शर्मा ओलीले ड्रोन उडाएर संघको यो वसन्तको उद्घाटन गरेका थिए ।

ओली युवा संघका संस्थापक अध्यक्ष समेत हुन् । प्रजातान्त्रिक राष्ट्रिय युवा संघका नाउँबाट आजका एमाले अध्यक्ष ओलीले युवा संघको गठन गरेका थिए ।

कार्यक्रममा एमाले वरिष्ठ नेताहरु क्रमशः झलनाथ खनाल, माधव नेपाल, महासचिव ईश्वर पोखरेलले मन्तव्य राखेका थिए ।

युवा संघले वार्षिक कार्यक्रमकै क्यालेन्डर बनाएर अघि बढ्न प्रधानमन्त्री ओलीले सुझाएका थिए भने उनले युवाहरु क्रियाशील, वैचारिक र व्यावसायिक क्षमताको युवा हुन आह्वान गरेका थिए ।

महासचिव पोखरेलले युवा आन्दोलनमा देखिएका विकृतिलाई लक्षित गरी विचारहीन जत्था नबन्न संघलाई सुझाएका थिए ।

संघको २८औं उत्सव तस्वीरमा

 

 

 

 

 

 

 

 

...

बुधबार, २ जेठ, ०७५

 

प्रतिक्रिया

Related