नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, मध्याह्नसम्ममा खुल्ने

निर्माण सञ्चार, काठमाडौँ | नारायणगढ—मुग्लिन सडकखण्डअन्तर्गत इन्छाकामना गाउँपालिका–६, कालिखोलामा बिहीबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

बिहान ५ः४५ बजे सडकमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।

प्रहरीका अनुसार हाल पहिरो पन्छाउने काम भइरहेको छ ।

मध्याह्नसम्म अवरुद्ध सडक खुल्ने प्रहरीले बताएको छ ।

...

विहीबार ३, वैशाख ०७५ 

प्रतिक्रिया

Related