विकल्पको विमानस्थल बन्नेभयो काभ्रेको नागीडाँडा

वर्ष दिनपछि निर्माण सुरु गर्न सकिने निष्कर्ष
निर्माण सञ्चार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विमान चाप थेग्नु परिरहेको छ । रुट व्यस्तताका कारण अवतरण तथा आवत जावतमा असहज परिस्थिति सृजना भएको छ ।

यसर्थ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउनका लागि काभ्रेको नागीडाँडामा राष्ट्रिय विमानस्थल निर्माण गर्न उपयुक्त हुने अवलाेकन टाेलीकाे ठहर छ ।

विमानस्थल निर्माणका लागि नागरिक उड्डयन संस्कृति तथा पर्यटन मन्त्री रबिन्द्र अधिकारीले एक प्राविधिक अध्ययन समूहले काभ्रेको ३ स्थान अवलोकन गरेपछि सबैभन्दा उपयुक्त स्थान नागीडाडाँ भएको निष्कर्ष निकालेको छ ।

काठमाडौंको नजिकै उपयुक्त स्थान छनोट गर्नको लागि गठन भएको उक्त प्राविधिक अध्ययन समूहले नागिडाँडामा उपयुक्त भएको निष्कर्ष निकालेको हो ।

काभ्रेको ठूलीचौरमा भन्दा नागीडाँडामा विमानस्थल निर्माण गर्न उपयुक्त भएको रिपोर्टमा उल्लेख गरिएको छ । साथै यसको निर्माणका लागि ५ वर्षसम्म लाग्ने देखिन्छ ।

यसको निर्माण अघि बढाउनका लागि तत्काल वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) समेत गर्न सुझाव दिएको छ । यो निर्माण भएसँगै त्रिभुवन विमानस्थलको २० प्रतिशत ट्राफिक चाप कम हुने रिपोर्टमा उल्लेख छ ।

साथै हेलिकप्टेर पार्किङलाई नागीडाँडामा सार्ने हो भने त्रिभुवन विमानस्थलमा रहेको सञ्चार टावरमा २० प्रतिशत लोड कम हुनेपनि उल्लेख गरिएको छ ।

त्रिभुवन विमानस्थलबाट नागिडाडा जमिनबाट २४.६ किमी पर रहेको छ भने नर्टिकल माइलका आधारमा ८.६२ टाढा रहेको छ ।

यो विमानस्थल निर्माण गर्ने औपाचारिक निर्णय भएको १२ महिनापछि मात्रै निर्माणको काम अघि बढाउन सकिने रिपोर्टमा उल्लेख छ ।

नागीडाँडामा गर्दा २० प्रतिशत मात्रै निजी जग्गा अधिग्रहण गरे पुग्ने नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

काभ्रेमा विमानस्थल निर्माणको चर्चा चलेको अहिले १६ वर्ष पुगेको छ तर, अहिलेसम्म टुंंगो लाग्न सकेको छैन ।

नागीडाँडामा विमानस्थल निर्माण गर्ने भनिए पनि आन्तरिक उडान गर्ने ठूला खालका विमान भने त्यहाँ ल्यान्ड गर्न सक्दैनन् । किनकी ठूला विमानका लागि १५ सय मिटरससम्मको रन–वे आवश्यक पर्छ ।

अहिले सौर्य र श्री एयरलाइन्ससँग बम्बार्डियर, नेपाल एयरलाइन्ससँग एमए–६०, बुद्ध एयरसँग बिचक्राफ्ट र एटीआर तथा यती एयरलाइन्ससँग जेटस्ट्रिम र एटीआर जस्ता ठूला जहाज छन् ।

यि विमानले साना विमानस्थलमा उडान र अवतरण गर्न सक्दैनन् । अहिले त्रिभुवन विमानस्थलबाट आन्तरिक गन्तव्यमा हुने ३५ प्रतिशत उडान पहाडी विमानस्थलका लागि हुन्छन् ।

त्यसबाहेकको ६५ प्रतिशत उडान ट्रंक रुटमा हुन्छ । नागिडाँडा विमानस्थलका लागि उपयुक्त हुने साना जहाज भनेका ट्विनअटर, डोर्नियर, वाई–१२ हर्बिन र एलईटी मात्र हुन् ।

...

शुक्रबार ४, जेठ ०७५

प्रतिक्रिया

Related