पुँजीवादी व्यवस्था: साझा पत्नीत्व व्यवस्था अर्थात् गुप्त र खुला सबै प्रकारका वेश्यावृत्ति !

वर्तमान उत्पादन–सम्बन्ध नामेट हुनेवित्तिकै यस सम्बन्धबाट उत्पन्न हुने साझा पत्नीत्व अर्थात् गुप्त र खुला सबै प्रकारका वेश्यावृत्तिको पनि अन्त्य हुनेछ
निर्माण सञ्चार, विचार विशेष । परिवारको उन्मूलन, कम्युनिष्टहरूको यो कलङ्कपूर्ण विचारदेखि उग्रवादीहरू समेत भड्किन्छन् ।

आधुनिक पूँजीवादी परिवार कुन आधारमा अडिइरहेको छ ? पुँजीमा, व्यक्तिगत शोषणमा, पूर्ण विकसित रूपमा यस प्रकारको परिवारको अस्तित्व खालि पुँजीपति वर्गको निम्ति मात्र छ तर सर्वहारा वर्गमा बाध्य गरिएको अपारिवारिकता र बजारिया वेश्यावृत्तिलाई यस वस्तुस्थितिको अनुपूरकको रूपमा देखिन्छ ।

पुँजीवादी परिवारको यो अनुपूरक जब लोप हुनेछ त्यतिखेर पूँजीवादी परिवार पनि सामान्यतया लोप भएर जाने छ । अनि पूँजी लोप हुने वित्तिकै यी दुवै सँगसँगै लोप हुनेछन् ।

के तपाईँहरू हामीमाथि यो आरोप लगाउनुहुन्छ कि हामी बालकहरूमाथि उनका आमा–बाबुहरूद्वारा गरिने शोषणलाई रोक्न चाहन्छौं । यस अपराधलाई हामी स्वीकार्छौँ ।

घरेलु शिक्षादीक्षाको स्थानमा सामाजिक शिक्षादिक्षा कायम गरेर हामी एक अत्यन्त पवित्र मानव–सम्बन्धलाई नष्ट गर्न चाहन्छौं भन्ने तपाईहरूको गुनासो छ ।

के तपाईहरूको शिक्षादीक्षा पनि सामाजिक नै होइन र ? के त्यसको रूप त्यही सम्बन्धद्वारा निर्धारित हुँदैन र जसमा तपाईहरू शिक्षा दिनुहुन्छ ? के स्कुल आदिद्वारा प्रत्यक्ष वा अप्रत्यक्ष रूपबाट त्यसमा समाजको हस्तक्षेप हुँदैन र ?

समाजद्वारा शिक्षादीक्षाको संचालनलाई कम्युनिष्टहरूले पत्ता लगाएका होइनन् ।

उनीहरूले त खालि शिक्षादीक्षाको चरित्र मात्र बदल्न चाहेका हुन् र शासक वर्गको प्रभावबाट त्यसलाई मुक्त गर्न मात्र खोजेका हुन् ।

परिवार र शिक्षादीक्षा बारे, आमा–बाबु र केटाकेटीहरूका बीच स्नेहपूर्ण सम्बन्धबारे पूँजीवादी बकवास त्यति नै बढी मात्रामा घिनाउँदो हुँदै जान्छ जुन मात्रामा आधुनिक उद्योगको विकासद्वारा सर्वहारावर्गको समस्त पारिवारिक सम्बन्ध छिन्नभिन्न भइरहेको छ ।

उनका छोराछोरीहरू व्यापारका साधारण वस्तु र श्रमका ज्यावल बन्दै गएका छन् ।

तिमी कम्युुनिष्टहरू, स्वास्नीमान्छेहरूलाई सामाजिक सम्पत्ति बनाउन चाहान्छौ भनी सारा पूँजीपतिवर्ग एकै स्वरले कराउँछन् ।

पुँजीपतिले आफ्नी पत्नीलाई उत्पादनको साधारण ज्यावलको रूपमा मात्र देख्छ । साम्यवादी समाजमा उत्पादनका साधनहरूको सामूहिक उपयोग गर्ने बन्दोवस्त गरिन्छ भन्ने उसले सुनिराखेको छ ।

यस कारण स्वाभाविक रूपमा ऊ त्यो समाजमा महिला पनि सर्वोपभोग्य हुनेछिन् भन्ने बाहेक अर्को कुनै निष्कर्षमा पुग्न सक्दैन । उसले यत्ति पनि विचार गर्न सक्दैन कि खास कुरो त स्वास्नीमान्छेहरूलाई यस्तो स्थितिबाट मुक्त तुल्याउनु छ जहाँ उनीहरू खालि उत्पादनका साधारण साधन मात्र रहन्छन् ।

कम्युनिष्टहरूले स्वास्नीमान्छेहरूलाई कानूनी रूपमा नै सामाजिक सम्पत्ति बनाइदिने छन् भन्ने कपोलकल्पनाको सम्बन्धमा हाम्रा पूँजीपतिहरू कट्टर सदाचारीहरूले जस्तै ठूलो रोष प्रकट गर्दछन् ।

तर यसभन्दा बढी हास्यास्पद कुरा अर्को हुनै सक्दैन ।

तर के कुरा स्वतः प्रस्ट छ भने वर्तमान उत्पादन–सम्बन्ध नामेट हुनेवित्तिकै यस सम्बन्धबाट उत्पन्न हुने साझा पत्नीत्व अर्थात् गुप्त र खुला सबै प्रकारका वेश्यावृत्तिको पनि अन्त्य हुनेछ 

स्वास्नी मान्छेहरूलाई साझा सम्पत्ती बनाउनु पर्ने कम्युनिष्टहरूको निम्ति कुनै आवश्यक छैन किनभने यो त प्रायः सधैं नै कायम थियो ।

हाम्रा पुँजीपतिहरूलाई आफ्ना अधीनमा रहेका मजदूरहरूका स्वास्नी र छोरीबेटीहरूको आफूले चाहेजस्तो उपभोगद्वारा मात्र सन्तोष लाग्दैन । कानूनी रूपमा खुला वेश्याहरूको त कुरै नगरौं, एक अर्काका स्वास्नीहरूलाई उडाउनमा नै उनीहरू विशेष आनन्द देख्दछन् ।

पुँजीवादी विवाह वास्तवमा साझा पत्नीत्व व्यवस्था हो ।

यसकारण कम्युनिष्टहरूमाथि यत्तिकै मात्र आरोप लगाउन सकिन्छ कि मानौं उनीहरू साझा पत्नीको ढोंगपूर्ण र गुप्त प्रथालाई खुल्लमखुला र कानूनी रूप दिन चाहन्छन् ।

तर के कुरा स्वतः प्रस्ट छ भने वर्तमान उत्पादन–सम्बन्ध नामेट हुनेवित्तिकै यस सम्बन्धबाट उत्पन्न हुने साझा पत्नीत्व अर्थात् गुप्त र खुला सबै प्रकारका वेश्यावृत्तिको पनि अन्त्य हुनेछ ।

पुँजीवादी विवाह साझा पत्नीत्वको व्यवस्था हामीले व्यक्तिगत स्वामित्व ध्वस्त गर्न चाहेको सुनेर तपाई पक्कै भयभीत हुनु भयो ।

तर तपाईहरूको अहिलेको समाजमा दशमा नौ जनाका लागि व्यक्तिगत स्वामित्व समाप्त भइसकेको छ । केही मानिससित व्यक्तिगत सम्पत्ति हुनुको एक मात्र कारण के हो भने नब्ब प्रतिशतको निम्ति त्यसको अस्तित्व छैन ।

यसरी तपार्इंहरू हामीमाथि यो आरोप लगाउनुहुन्छ कि हामी यस्तो स्वामित्वलाई ध्वस्त गर्न चाहन्छौं जसको अस्तित्वको शर्त समाजको अधिकांश हिस्सासित कुनै सम्पत्ति नहुनुमा नै छ ।

संक्षेपमा,

तपाईंहरूको आरोप के छ भने हामी तपाईहरूको सम्पत्तिको उन्मूलन गर्न चाहन्छौं । हो, हामी ठीक यही गर्न चाहन्छौँ । तपाईंहरू भन्नुहुन्छ– जब श्रमलाई पुँजी, मुद्रा वा भूमिकर, संक्षेपमा, त्यो समाजिक शक्तिको रूपमा परिणत गर्न सकिने छैन जसमाथि एकाधिकार कायम गर्न सकिन्छ अर्थात् जब व्यक्तिगत स्वामित्व पुँजीवादी स्वामित्वको रूपमा परिणत हुन सक्दैन त्यसै वेलादेखि व्यक्तित्व पनि लोप हुन्छ ।

यसरी तपाईँहरू के स्वीकार गर्नुहुन्छ भने तपाईहरू पुँजीपति बाहेक, पूँजीवादी सम्पत्तिको स्वामित्व बाहेक अरू कसैलाई पनि व्यक्तित्व मान्नु हुन्न ।

त्यस्तो व्यक्तित्वलाई अवश्य पनि निर्मूल पार्नुपर्छ ।

साम्यवादले कसैलाई पनि सामाजिक वस्तुहरूको उपभोगबाट वञ्चित गर्दैन । त्यसले खालि अर्काको श्रमलाई शोषण गर्ने सम्भावनाबाट मात्र वञ्चित गर्दछ ।

व्यक्तिगत स्वामित्वको अन्त्य गरियो भने सारा क्रियाकलाप ठप्प हुनेछन् र आम आलस्यको राज्य हुनेछ भन्ने आपत्ति पनि देखाइन्छ ।

पुँजीवादी समाज आलस्यले गर्दा धेरै पहिले नै नष्ट भइसक्नुपर्ने थियो, किनभने यस समाजमा जो काम गर्छ त्यसले केही पनि पाउँदैन, तर जसको हातमा सम्पत्ति रहन्छ उसले काम नै गर्दैन ।

यी सबै तर्कवितर्कको मतलब हो कि पूँजीको अस्तित्व लोप हुन्छ भने ज्यालादारी श्रम पनि रहँदैन ।

भौतिक वस्तुहरूको उत्पादन र उपभोगको साम्यवादी प्रणालीको विरोधमा लगाइएका सबै आरोपहरू यसै प्रकारले बौद्धिक श्रमका वस्तुहरूको सिर्जना र उपभोगको साम्यवादी प्रणालीको सम्बन्धमा पनि लागू हुन्छ ।

पुँजीवादी समाज आलस्यले गर्दा धेरै पहिले नै नष्ट भइसक्नुपर्ने थियो, किनभने यस समाजमा जो काम गर्छ त्यसले केही पनि पाउँदैन, तर जसको हातमा सम्पत्ति रहन्छ उसले काम नै गर्दैन 

जुन प्रकारले पूँजीपतिवर्गलाई वर्गीय स्वामित्वको उन्मूलन नै खास उत्पादनको विनाशजस्तो लाग्दछ, त्यसै गरी वर्गीय संस्कृतिको विनाश पनि उसलाई सम्पूर्ण संस्कृतिकै विनाश सरह हुन्छ ।

त्यो संस्कृति, जसको विनाशको सन्दर्भमा ऊ रुन्छ, अधिकांश जनतालाई जड यन्त्रको रूपमा काममा जोताउने साधन मात्र हो ।

पुँजीवादी स्वामित्वको उन्मूलनलाई तपार्इंहरू स्वतन्त्रता, संस्कृति, कानुन इत्यादि बारे आफ्ना पुँजीवादी धारणाहरूले मूल्यांकन गर्दै हामीसँग नबाझ्नुहोस् ।

ठीक त्यसैगरी तपाईंका विचारहरू पनि स्वयं नै पूँजीवादी उत्पादन–सम्बन्ध र स्वामित्वका नै उपज हुन् जुन प्रकारले तपाईंहरूको न्याय–विधान तपाईहरूको वर्ग–इच्छाको कानूनी अभिव्यक्ति हो ।

तपाईहरूको वर्गको अस्तित्वको निम्ति आवश्यक हुने भौतिक अवस्थाबाट नै त्यस इच्छाको सारतत्व निर्धारित हुन्छ ।

तपार्इंहरूको त्यो स्वार्थपूर्ण धारणा जसले तपाईहरूलाई आफ्ना उत्पादन सम्बन्ध र स्वामित्वका सम्बन्धलाई उत्पादनको विकासको सिलसिलामा उत्पन्न तथा विलीन हुने ऐतिहासिक सम्बन्धहरूबाट प्रकृति र विवेकका सनातन नियमहरूमा परिणत गर्न प्रेरित तुल्याउँछ । यो यस्तो भ्रम हो जसबाट तपाईं भन्दा पहिलेका सबै शासक वर्ग सिकार हुँदै आएका छन् ।

प्राचीन युगको अथवा सामन्तवादी युगको स्वामित्वको सम्बन्धमा जुन कुरा तपाईंहरूलाई बुझेको जस्तो लाग्छ त्यही कुरालाई पूँजीवादी स्वामित्वको बारेमा कुरा चल्दा तपाईंहरू बुझ्न असमर्थ हुनुहुन्छ ।

अनि कम्युनिष्टहरूमाथि यो पनि आरोप लगाइन्छ कि मानौं उनीहरू देश र राष्ट्रियता मेटाउन चाहन्छन् । मजदुरहरूको कुनै देश छैन, जुन कुरो उनीहरूसँग छैन त्यो कसैले खोस्न सक्दैन ।

तैपनि सर्वहारावर्ग स्वयं अझै राष्ट्रवादी छ, किनभने उसले सबभन्दा पहिले राजनीतिक सत्ता प्राप्त गर्नुपरेको छ, राष्ट्रियवर्गको स्थानसम्म पुग्नु परेको छ, राष्ट्रको रूपमा संगठित हुनु परेको छ, यद्यपि उसको यो राष्ट्रियता पूँजीवादी राष्ट्रियताभन्दा एकदमै भिन्न छ ।

तैपनि सर्वहारावर्ग स्वयं अझै राष्ट्रवादी छ, किनभने उसले सबभन्दा पहिले राजनीतिक सत्ता प्राप्त गर्नुपरेको छ, राष्ट्रियवर्गको स्थानसम्म पुग्नु परेको छ, राष्ट्रको रूपमा संगठित हुनु परेको छ, यद्यपि उसको यो राष्ट्रियता पूँजीवादी राष्ट्रियताभन्दा एकदमै भिन्न छ

पुँजीपतिवर्गको विकास, वाणिज्यको स्वतन्त्रता र विश्व बजारको उन्नति, औद्योगिक उत्पादनको एकरूपता र तदनुरूप जीवनका अवस्थाहरूमा समानताको साथसाथै जनताको राष्ट्रिय भेद र विभिन्नता पनि दिन प्रतिदिन मेटिंदै गएको छ ।

सर्वहारावर्गको प्रभुत्वले यो अझ छिटो नामेट पार्नेछ । सबै सभ्य देशहरूका सर्वहाराहरूको तर्फबाट संयुक्त प्रयास गरिनु नै सर्वहारावर्गको मुक्तिको एउटा प्रमुख शर्त हो ।

जुन अनुपातमा एक व्यक्तिद्वारा अर्को व्यक्तिको शोषण अन्त्य गरिनेछ, त्यही अनुरूप एक राष्ट्रको शोषण अर्को राष्ट्रले गर्ने प्रणाली पनि नामेट पारिनेछ ।

राष्ट्रभित्र वर्गहरूका बीचको विरोधाभासको साथसाथै राष्ट्रहरूको बीचमा आपसी शत्रुतापूर्ण सम्बन्ध पनि मेटिएर जानेछ ।

धार्मिक, दार्शनिक तथा सामान्यतया वैचारिक दृष्टिकोणबाट साम्यवादको विरूद्ध लगाइने आरोपहरूको बारेमा थप विस्तृत र गम्भीर चर्चा गरिरहनु पर्ने आवश्यकता छैन ।

 

माक्र्सको दुई शताब्दी जन्मोत्सवको अवसरमा नेपालीमा अनुवादित–प्रकाशित कम्युनिस्ट पार्टीको घोषणापत्र पुस्तकबाट । उक्त पुस्तक जनता प्रशारण तथा प्रकाशन प्रालिले प्रकाशन गरेको हो ।

...

शनिबार, ५ जेठ, ०७५

 

प्रतिक्रिया

Related