शुक्रबार होलगुइनका लागि उडेको बोइङ ७३७–२०१ विमान राजधानी हवानामा रहेको जोस मार्टी अन्तराष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको हो ।
उक्त विमानमा यात्रु ११० र चालक दलका सदस्य सवार थिए ।
स्थानीय समयअनुसार विमान दिउँसो १२ः०८ बजे उडेको बीबीसीले जनाएको छ ।
विमानमा प्राय यात्रु क्युबाका थिए ।
तर, विमानका कर्मचारी भने मेक्सीकोका हुन् ।
जीवितै उद्धार गरिएका तीन जनाको अवस्था गम्भिर रहेको क्युबाको कम्युनिस्ट पार्टीको समाचारपत्र ग्रान्मालाई उद्धृत गर्दै बीबीसीले बताएको छ ।
दुर्घटनाको कारण खुलेको छैन ।
बीबीसीका अनुसार उक्त विमान मेक्सिकोको एक चार्टर कम्पनी दमोझको हो । जसलाई क्युबाको सरकारी एयरलाइन्सले भाडामा लिएर चलाइरहेको थियो ।
दुर्घटनास्थलको अवलोकनपछि क्युबाका राष्ट्रपति मिगल डियाज केनलले दुर्घटनालाई दुर्भाग्यपूर्ण भन्दै दुःख व्यक्त गरेका थिए ।
....
शनिबार ५, जेठ ०७५
प्रतिक्रिया