जनजाति बस्तीमा पुगेन सडक, योजना बाँडफाँडमै उपेक्षा

वरिपरिका गाउँमा सडक पुग्ने जनजातिको गाउँमा नपुग्ने, हामीलार्इ हेपिएकै हाेः स्थानीयबासी
निर्माण सञ्चार, कर्णाली प्रदेश । स्थानीय सरकार आएपछि पाँच ‘स’ मा दिएको प्रथामिकताअनुसार सडक निमार्णलाई पहिलो प्रथामिकतामा राखिएको छ ।

शिक्षा, स्वास्थ्य, संचार, सिचाईभन्दा सडक निमार्णलाई जुम्लाका स्थानीय सरकारले पहिलो प्रथामिकतामा राखेर निमार्ण थालेका छन् ।

समृद्धिको पहिलो ढोका नै सडक सञ्जाल भएको हुँदा स्थानीय सरकारले विशेष प्रथामिकता सडकलाई दिए अनुरुप गाउँ–गाउँमा ग्रामिण सडक निमार्ण भइरहेका छन् ।

एक गाउँ एक सडक पुर्याउने योजनाअनुसार निमार्ण कार्यलाई तिब्र पारिएको छ । कति स्थानमा स्थानीय सरकारले सडक पुर्याएपछि स्थानीयबासी खुसी भएका छन् ।

गाउँमै मोटर आएपछि स्थानीय उत्पादन बजारसम्म जाने भन्दै खुसी व्यक्त गरेका छन् । ग्रामिण क्षेत्रका दूरदराजमा सडक सञ्जाल पुर्याएपछि खुसीयाली छाएको छ ।

कतिपय दूरदराजका बस्तीमा कतिपय सडक सञ्जालको सुविधा नपुर्याएको भन्दै स्थानीयले गुनासो गरिरहेका छन् । जुम्लाको पातारासी गाउँपालिका २ नम्बर वडा खालाढिग र छुम गाउँमा अहिलेसम्म सडक पुगेको छैन् ।

स्थानीय सरकारले यहाँका हरेक गाउँ बस्तीमा सडक पुर्याएको छ । एक गाउँ एक सडकको योजना पनि अघि सारेको थियो । तर दुई बस्तीलाई बेवस्ता गरेको स्थानीयको गुनासो छ ।

लामा बस्तीमा सडक आएन

पातारासी गाउँपालिका २ नम्बर वडा खालाढिक गाउँमा जनजातिको मात्रै बसोबास छ । झण्डै ७० बढी घरधुरी रहेको खालाढिक गाउँमा सडक पुर्याउन स्थानीय तहनै गम्भीर नदेखिएको स्थानीय सोनम छिरिङ लामाले बताए ।

उनले भने, ‘छेउछाउकै गाउँमा सडक खन्दा हाम्रो गाउँमा पनि कहिले आउँछ सडक भनी पर्खी रह्यौ । तर अन्ततः खालाढिक गाउँमा सडकनै निमार्ण नहुने देखियो ।’

जनप्रतिनिधिसँग हाम्रो कुनै पहुँच पनि भएन अर्का स्थानीय उर्गेन छिरिङ लामाले भने, ‘जनजाति भनैरै हेपेकोजस्तो लाग्यो । वरिपरिका गाउँमा सडक आए । तर जनजातीकै गाउँमा सडक निमार्ण हुन नसक्नु विडम्बनाको कुरो हो ।’

भोट माग्दा गाउँमा सडक पुराउछौँ भनेका जनप्रतिनिधिले जनजातिलाई अहिले नचिने जस्तै गरेको स्थानीयको छ । गाउँपालिकामा बुझ्दा योजना बाँडफाँटमै खालाढिक गाउँलाई बिर्सिएको भन्ने कुरो गर्दा अतिनै अचम्म लाग्यो ।

उनले थपे, ‘छेउकै गाउँमा विकास र लामा बस्तीमा देखिएको समस्या कसरी बिर्सियो होला ।’

स्थानीय सरकारलनै आफूलाई बेवस्ता गरेको दुखेसो गरेका हुन् । योजना बाँडफाँडमा पनि राजनीति हावी भएकै कारण खालाढिक गाउँका लामा जातीहरुले सडक देख्न नपाएको उनिहरुको बुझाइ छ ।

सिंहदरबारको अधिकार गाउँ गाउँमा नाराको भनेजस्तो अझै स्थानीय सरकारको महशुस हुन सकेको छैन । 

योजना बाँडफाँडमा छुट्यो

पातारासी गाउँपालिकाले यहाँका ८ वटै वडाका गाउँबस्तीमा ग्रामिण सडक पुर्याएको छ । विकास र समद्धिका लागि सडक निमार्णलाई पहिलो प्रथामिकतामा राख्दै स्थानीय सरकारले योजना बाँडफाँड गरेको थियो ।

पातारासी गाउँपालिकाका अध्यक्ष लछिमन बोहोराले भने, ‘गाउँपालिका तथा योजना तर्जुमाकै बेला खालाढिक र छुम गाउँ छुटेको छ ।’

अध्यक्ष बोहराले थपे, ‘लामा बस्तीबाट योजानको पनि माग भएन ।’

योजना बाँडफाँडदेखि बजेट निकासा भई अधिंकाश योजना निमार्ण सम्पन्न भएर बजेट भुक्तानी भइसकेको अवस्थामा खालाढिक र छुम गाउँका लागि आर्थिक वर्षको अन्तिम तिर केही गर्न नसकिने स्पष्ट पारे ।

पातारासीको तल्फीमा सार्वजानिक सुनुवाई कार्यक्रमका अवसरमा अध्यक्ष लछिमन बोहोराले अर्को आर्थिक वर्षको पहिलो प्रथामिकता लामा बस्तीमा सडक पुर्याउने रहेको बताए ।

पहिलो पटक भएकाले पनि केही कमजोेरी भएको भन्दै आगामी आवमा पक्कै यस्तो गुनासा सुन्न नपर्ने उल्लेख गरे । गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत रामबहादुर बुढाका अनुसार यस आर्थिक वर्षमा गाउँपालिका भरी सडक निमार्णका लागि झण्डै ५ करोड बढी बजेट खर्च भएको छ ।

आगामी आवमा छुम र खालाढिक गाउँलाई प्रथामिकतामा राखी सडक ग्रामिण सडक निमार्ण गरिने छ । कुल २२ करोड बढी बजेट मध्ये अहिलेसम्म ५१ प्रतिशत बजेट मात्रै खर्च भएको छ ।

शिक्षा, स्वास्थ्य, संचार र सिचाईलाई विशेष जोड दिइने छ । पातारासी गाउँपालिकाले यस आव भरी गरेका विभिन्न गतिविधिका बारेमा नागरिकलाई सुसुचित गराउन सार्वजानिक सुनुवाई कार्यक्रम समेत गरेको छ ।

उक्त कार्यक्रमबाट पहिलो स्थानीय सरकारको प्रभाव के कस्तो परेको छ । सुधार गर्नुपर्ने पक्ष, र आगामी वर्षमा प्रभावकारी योजना निमार्ण गर्न तथा समावेशी सहभागिताको सुनिश्चिता गर्न सुझाव संकलन गरिरहेको छ ।

...

सोमबार ७, जेठ ०७५

प्रतिक्रिया

Related