सनराइज बैंकले गर्यो करुणामय् मन्दिरलाई सिसिटिभी क्यामेरा र युपिएस हस्तान्तरण

निर्माण सञ्चार काठमाडौँ । सन्राइज बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बनेपा, नालास्थित करुणमय मन्दिरलाई सिसिटिभी क्यामेरा र युपिएस हस्तान्तरण गरेको छ ।

उग्रचण्डी नाला समाजले आयोजना गरेको सरसफाइ तथा क्यामेरा हस्तान्तरण समारोहकाबिच क्यामेरा र युपिएस हस्तान्तरण गरिएको हो ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री शिवराज श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य, बनेपा नगरपालिकाका वडा अध्यक्ष श्री श्यामकृष्ण श्रेष्ठ, उग्रचण्डी नाला समाजका अध्यक्ष श्री चन्द्रलाल श्रेष्ठ लगाएत नाला समाजका प्रतिनिधीहरु साथै बैंकका उच्च पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा बैंकले भक्तपुर शाखाको अगुवाईमा करुणमय मन्दिर सरसफाई कार्यक्रम पनि सम्पन्न गरेको छ ।

...

सोमबार ७, जेठ ०७५

प्रतिक्रिया

Related