सनराइज बैंकले गर्यो स्वास्थ्य बीमा रकम भुक्तानी

निर्माण सञ्चार, काठमाडौँ । सनराइज बैंकले ग्राहकलाई स्वास्थ बीमा रकम भुक्तानी गरेको छ ।

बैंकले गैह्रीधारा शाखाकी ग्राहक श्रीमति विष्णुलक्ष्मी खरेल अस्पतालमा भर्ना गरी उपचार गरेको आधारमा रु. १५,८३८।– बराबरको रकम प्रदान गरेको हो ।

उक्त रकम बैंकका नायब महाप्रबन्धक श्री रविन नेपालले निजका छोरा डा. अस्वस्थामाभक्त खरेललाई प्रदान गरेका हुन् ।

सन्राइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको लागि ‘स्वास्थ्य बीमा सुविधा’ प्रदान गर्दै आएको छ ।

उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने वार्षिक औषत मौज्दातको २५५ वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ ।

 साथै बैंकले यस ‘स्वास्थ्य बीमा सुविधा’ अन्तर्गत देशभरका ६० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परीक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म छुट प्रदान गर्ने गर्दै आएको छ ।

...

बुधबार ९, जेठ ०७५

प्रतिक्रिया

Related