निजी क्षेत्रलाई विमानस्थल सञ्चालन गर्न नदिए हवाई सेवा प्रतिस्पर्धी नहुने पर्यटनमन्त्रीको दाबी

निर्माणाधीन भैरहवा विमानस्थलको १५/१५ दिनमा अनुगमन गरिने
निर्माण सञ्चार, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विमानस्थल सञ्चालन गर्न निजी क्षेत्रलाई नदिए हवाई सेवा प्रतिस्पर्धी बनाउन नसकिने बताएका छन् बुधबार निर्माणधिन गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थलको अनुगमन गर्न गएका मन्त्री अधिकारीले सो विमास्थल पनि सञ्चालनका लागि नीजि क्षेत्रलाई नै दिने बताएका छन् ।

पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै उनले अगामी वर्षमै विमानस्थल सञ्चालनमा आउने गरी काम अगाडि बढाउन आफूले निर्देशन दिइसकेको सुझाए ।

मन्त्री अधिकारीले १५/१५ दिनमा निर्माणाधीन विमानस्थलको अनुगमन गरिने समेत बताएका छन् ।

मन्त्री अधिकारीले भने ‘हवाइ रुटको बारेमा छलफल भइरहेको छ, विमानस्थलको निर्माण कार्य सम्पन्न हुनु अगावै रुटको कुरा टुंगिन्छ ।’

सुरुमा पुरानो टर्मिनलबाट काम सुरु गर्ने बताउँदै उनले काठमाडौंको विकल्पको रुपमा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुने दाबी गरे ।

विमानस्थल निर्माण कार्यलाई तीव्र रुपमा अघि बढाउन आवश्यक उपकरण थप्नुपर्ने मन्त्री अधिकारीले बताए ।

....

बुधबार, ९ जेठ ०७५ 

प्रतिक्रिया

Related