जुम्लाका गाउँ गाउँमा बैंक

निर्माण सञ्चार, कर्णाली प्रदेश । स्थानीय सरकार आएपछि केन्द्रका सबै काम गाउँ घरबाटै संचालन हुन थालेका छन् ।

केन्दिकृत विकास पद्धतिलाई विकेन्द्रिकृत गरी संघीय संरचनाअनुसार गाउँ–गाउँमा विभिन्न विकासका लहरसँगै बैंकका शाखा पनि विस्तार हुने क्रम बढेको छ ।

एक नगरपालिका र सात वटा गाउँपालिका रहेको जुम्लामा प्राय ग्रमिण बस्तीमा बैंकहरु पुगिकेका छन् । सात सदरमुकाम केन्द्रित रहेको चन्दननाथ नगरपालिकासहित सात गाउँपालिका मध्ये चार तहमा बैंकका शाखा स्थापना भई सञ्चालनरत अवस्थामा रहेका छन् ।

गाउँमै बैंकका शाखा खुलेर सेवा दिन थालेपछि संघीयता कार्यान्वयनको महसुश हुन थालेको स्थानीयले बताउने गरेका छन् ।

सामाजिक सुरक्षा भत्तादेखि विभिन्न योजनाका बजेट भुक्तानी पनि अहिले गाउँकै बैंकबाट हुने गरेका छन् ।

जनता बैंकको ११७ औँ शाखा जुम्लामा

बैंक खुल्ने प्रतिष्पर्धाका बिच जनता बैंक लिमिटेडले पनि तातोपानी गाउँपालिकामा आफ्नो सेवा विस्तार गरेको छ ।

१ सय १७ औ शाखाका रुपमा स्थापना भई जेठ ११ गतेबाट औपचारिक रुपमा सेवा सुरु गरेको तातोपानी गाउँपालिलका अध्यक्ष नवराज न्यौपानेले बताए ।

उनकाअनुसार सिंहदरबारको अधिकार गाउँमा आइसकेपछि बैंक अनिवार्य ल्याउनु पर्ने सरकारको नीतिअनुसार तातोपानी गाउँपालिकामा पनि जनता बैंकको शाखा स्थापना भएको उल्लेख गरे ।

आर्थिक पारदर्शीता तथा सहजताका लागि पनि अब सबै वित्तिय कामहरु गाउँपालिकाबाटै हुन उनको भनाइ छ । तातोपानीमा रहेका १ देखि ८ वडासम्मका सबै ठाउँमा बैंकिङ सुविधा पुर्याउने गाउँपालिकाले लक्ष्य लिएको अध्यक्ष न्यौपाने बताए ।

तातोपानी गाउँपालिकासँगै जुम्लाका चार स्थानीय तहमा बैंक स्थापना भई संचालनमा आइसकेका छन् । तिला, हिमा, पातारासी र कनकासुन्दरी गाउँपालिकामा अबको केही दिनमा बैंक आउने भएका छन् । तर गाउँमा बैंक आएता पनि कोलेनिका सदरमुकाममै भएकोले सदरमुकाम धाउनु पर्ने बाध्यता नहटेको ठीचौर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले भने ।

के कति बजेट आयो खर्च कति भयो भन्ने विषयमा दैनिक जानकारी लिन एक कर्मचारी सदरकुकामनै धाउनु पर्ने अवस्था अझै हटेको छैन् ।

उनले यसलाई पनि व्यवस्थापन गर्नका लागि स्थानीय तहले सोच्नु पर्ने उल्लेख गरे । जुम्लामा बढ्दै गएको बैंकिङ सेवाले यहाँका नागरिकहरुमा उत्साह छाएको छ ।

साविक कर्णाली अञ्चलका पाँचै जिल्ला मध्ये जुम्लामा धेरै बैंक स्थापना भएका छन् ।

 

कर्णाली प्रदेशबाट सागर परियारको रिपोर्ट

...

आइतबार १३, जेठ ०७५

प्रतिक्रिया

Related