विश्वविख्यात फुटबलर मेसीले ‘चुमे सगरमाथाको शिखर !?’

१० नम्बर जर्सी विश्वकै अग्लो शिखर सगरमाथा शिखरमा
निर्माण सञ्चार, एजेन्सी । विश्वचर्चित अर्जेन्टिनी फुटबलर लियोनेल मेसीको जर्सी विश्वकै अग्लो शिखर सगरमाथा शिखरमा पुगेको छ ।

हिम आरोही डान जेङ्गलुबु शेर्पाले मंगलबार मेसीले लगाउने अर्जेन्टिनाको १० नम्बरको जर्सी सर्वोच्च शिखर सगरमाथामा फहराएका हुन् ।

उनले पहिरिने १० नम्बरको जर्सी सर्वोच्च शिखर सगरमाथामा पुगेको समाचार पाएपछि मेस्सीले आफू पुगेको महसुस भएको प्रतिक्रिया दिएका छन् ।

आफूले लगाउने जर्सी सगरमाथा शिखरमा फहराइएपछि मेसीले आफ्ना ८९।५ मिलियन फेसबुक फ्यानलाई ‘आफू पनि सगरमाथा शिखरमा पुगेको महसुस गरेको’ समाचार सम्प्रेषण गरेका थिए ।

आफ्ना सामाजिक सञ्जालमा लेख्दै मेस्सीले यस्तो खुसी व्यक्त गरेका हुन् ।

उक्त सन्देशमा मेसीले सगरमाथा चुचुरोमा आफ्नो जर्सी पुराउने हिमाल आरोही डान जेङ्गलुबुलाई विशेष धन्यवाद पनि दिएका छन् ।

आउने जुनबाट रसियामा हुने विश्वकप फुटबलको तयारीका लागि अर्नेन्टिनाको ब्युनोस आयर्समा तयारीमा व्यस्त रहेकै बेला पनि उनले आफू पनि सगरमाथा पुगेको महसुस भएको प्रतिक्रिया दिए पछि यतिबेला यो समाचार भाइरल बनेको छ ।

मेसी विश्वकपको तयारी खेलका लागि यही मे २९ मा हाइटीसँग मैत्रीपूर्ण खेल खेल्दैछन् ।

उनले लेखेका छन्, ‘बधाई छ डान जेङ्गलुबु सगरमाथा शिखर चढ्न सफल भएकोमा र यो अभूतपूर्व उपलब्धिका लागि धेरै धेरै बधाई अनि विश्वको शिखरमा मेरो जर्सी फहराएर मलाई त्यहीँ पुगेको महसुस गराएकोमा धन्यवाद !’

 

 

 

...

शुक्रबार, ११ जेठ, ०७५

 

प्रतिक्रिया

Related