प्रतिफलमुखी शिक्षा दिन प्रधानमन्त्री ओलीको आग्रह

सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने
निर्माण सञ्चार, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापकीय कमजोरी र गुणस्तरीय शिक्षामा ध्यान दिन नसक्दा शिक्षा क्षेत्रमा अधिकतम लगानी गरिएता पनि सोचे जस्तो प्रतिफल हासिल नभएको बताएका छन् ।

बिहीबार देखि सुरु भएको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)को ‘पाचौँ कान्तिपुर हिसान शैक्षिक मेला’को उद्धाघाटन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।

उनले राष्ट्रलाई आवश्यक जनशक्ति उत्पादन हुने किसिमका शिक्षा दिन सरकार प्रतिवद्ध रहको दाबी गरे ।

प्रधानमन्त्री ओलीले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने समेत बताए ।

साथै गुणस्तरीय शिक्षाका लागि सरकारले कोहीसँग पनि सम्झौता नगर्ने दृढता व्यक्त गरे ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सरकारी, सामुदायिक र निजी क्षेत्र मिलेर नेपालको शिक्षा क्षेत्रलाई सुधार गर्न अति जरुरी रहेको धारणा राखे ।

उनले निजी शैक्षिक संस्थाको शिक्षामा योगदान छ भन्दैमा जथाभावी शुल्क लिन नपाउने समेत बताए ।

सो कार्यक्रममा हिसानका अध्यक्ष रमेश सिलवालले सरकारसँग निजी क्षेत्र मिलेर काम गर्न तत्पर रहेको बताए ।

उनले विदेशमा पाइने शिक्षा स्वदेशमै पाइन्छ भन्ने सन्देश दिन शैक्षिक मेला आयोजना गरिएको जानकारी दिए ।

प्रदर्शनीमार्गस्थित भृकुटिमण्डपमा तीन दिनसम्म चल्ने उक्त मेलामा झण्डै दुई लाख विद्याथी तथा अभिभावकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

१५० भन्दा बढी कलेजको सहभागिता रहेको मेलामा प्रवेशका लागि निःशुल्क व्यवस्था गरिएको छ ।

....

शुक्रबार, ११ जेठ ०७५ 

प्रतिक्रिया

Related