किन गति लिएन कालिगण्डकी करिडोरले ?

कुनकुन जिल्लालाई समेट्छ करिडोरले, लागत कति ?
निर्माण सञ्चार, काठमाडौँ | लामो समय अघिदेखि चीन र भारतलाई जोड्ने भनिएको कालीगण्डकी करिडोरले अझैँ गति लिन सकिरहेको थिएन ।

पर्याप्त बजेट विनियोजन नहुँदा यस करिडोरले एक दशकदेखि गति लिन नसकेको हो ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत हाल पर्वत र स्याङ्जा खण्डमा भने स्तोरन्नति र ट्रयाक खोल्ने काम एकसाथ भइरहेको छ ।

पर्वतको सदरमुकाम कुस्मादेखि स्याङजाको मिर्मीसम्मकोे करिब ५४ किलोमिटर सडकको काम निर्माणधिन अवस्थामा छ ।

यसैगरी, रानीपानीदेखि फलेबाससम्मको २५ किलोमिटर सडक क्षेत्रमा विस्तारको काम भइरहेको कालीगण्डकी करिडोर गैँडाकोट–मालढुंगा आयोजनाले जानकारी दियो ।

लागत कति ?

चीन र भारत जोड्ने तीन सय २५ मिटर लामो कालीगण्डकी करिडोरकोे पर्वत–स्याङजा खण्डको स्तरोन्नतिका लागि ४० करोड विनियोजन गरिएको छ । यस सडक १० मिटर फराकिलो हुने आयोजनाले बताएको छ ।

हाल चारवटा डोजर सञ्चालन गरी निर्माणको कामलाई तीव्र रुपमा अगाडि बढाइरहेको छ ।

उक्त खण्डमा ग्राभेलस्तरको सडक तयार हुने बताउँदै आयोजना प्रमुख नारायण भण्डारीले रानीपानी–फलेबास खण्डमा विस्तारको काम भइरहेको बताए ।

विस्तारको काम सकिएलगत्तै कालोपत्रेको काम अघि बढाइने प्रमुख भरडारीको भनाई छ ।

 कति प्रतिशत सम्पन्न ट्रयाकको काम ?

अहिले मोदीवेणीदेखि अर्मादीसम्मको खण्डमा ट्र्याकको काम भइरहेको छ ।

जिम्मा लिएको निर्माण कम्पनीले आसारभित्रै सम्पन्न गनुपर्ने गरी सम्झौता गरेको छ । सोहीकारण तोकिएको समयमै सक्न दबाब दिइरहेको आयोजना प्रमुख भण्डारीले बताए ।

हालसम्म ५० प्रतिशत काम सम्पन्न भएको आयोजनाको दाबी छ ।

आयोजनाका अनुसार मिर्मी—सेतीबेनीको ट्र्याक पनि खुलिसकेको छ । यता मोदीबेनी, लमायखोला, सेतीबेनीमा भने ट्र्याक खाल्ने काम भइरहेको छ । त्यस्तै, रानीपानी र बाच्छाबीचको पहरोमा पनि काम जारी छ ।

कुनकुन जिल्लालाई समेट्छ करिडोरले ?

भारत–चीनलाई जोड्ने यस करिडोरले प्रदेश ४ र ५ का नौँ वटा जिल्लालाई समेट्छ ।

आयोजना प्रमुख भण्डारीले यस करिडोरको वार्षिक १० लाख बजेटले पनि काम हुन नसकेको बताए ।

सरकारले चालू आर्थिक वर्षमा सो करिडोरलाई राष्ट्रिय गौरवको आयोजनामा राखेपछि कामले तीव्रता पाएको छ ।

आयोजना निर्माणको कामले निरन्तरता पाउन आउँदो आवमा पनि प्रर्याप्त बजेट विनियोजन हुनुपर्ने देखिन्छ ।

...

शुक्रबार, ११ जेठ ०७५ 

प्रतिक्रिया

Related