चक्रपथमा गुड्ने भो ‘मोनो रेल’, बनाउने जिम्मा चिनियाँलाई, मेयर विद्यासुन्दरको पहिलो देखाउने कामको बन्ने भो इतिहास

६ महिना भित्रै अध्ययन र विकल्प सहितको अध्ययन पत्र दिइने
निर्माण सञ्चार, काठमाडौं । काठमाडौंमा अब मोनोरेल गुड्ने भएको छ । राजधानी रहेको महानगरको मेयर जितेपछि विद्यासुन्दर शाक्यको पहिलो ऐतिहासिक देखाउने काम पनि सायद यही हुने भएको छ ।

यसबारे सम्भाव्यता अध्ययन गर्न चीनको चाइना रेल वे २५ औं ब्यूरो ग्रुप कम्पनीलाई दिएपछि मेयर शाक्य पनि ‘काम गर्दा रहेनछन्’ भन्ने चर्चा चल्न थालेको छ ।

शुक्रबार भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र चिनियाँ उक्त कम्पनी रेल वेका महाप्रवन्धक लि होङ्गकीले अध्ययन सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

चक्रपथमा मोनो रेल सञ्चालन सम्भाव्यता अध्ययन जिम्मा लिएसँगै चिनियाँ कम्पनीले तत्काल काम सुरु गर्ने भएको छ ।

उक्त सम्झौता कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, महानगरका प्रमुख प्रशासकीय अधिकृत यादव कोइराला पनि उपस्थित थिए ।

किनकि, उपत्यका बेरेर बनेको चक्रपथ काठमाडौं र ललितपुर जिल्लामा जोडिने गर्छ ।

महानगरले मोनोरेल सञ्चालन सम्बन्धी प्रकाशन गरेको आशय पत्रमा रेल वे ग्रुपले वैशाख २० गते महानगरमा इच्छापत्र बुझाएको थियो ।

सोही अनुसार शुक्रबार सम्झौता भएको हो। उपत्यकाको चक्रपथमा मोनोरेल गुडाउनेबारे प्रधानमन्त्री ओलीले यस अघि पनि कोरियन कम्पनीसँग खाका मागेका थिए ।

४ वर्ष भित्र उपत्याकामा मोनोरेल चल्नेबारे उसले बजेट सहितको खाका पहिला पनि दिएको थियो ।

तर, उसले चासो नदेखाएको भन्दै पछिल्ला दिनमा चिनियाँ कम्पनीलाई यसबारे काम गर्ने गरी प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिकालाई जिम्मा लगाएका थिए ।

यस सम्झौता अनुसार, रेल वे कम्पनीले चक्रपथमा मोनो रेल चलाउन आर्थिक, प्राविधिक तथा दीर्घकालीन पक्षहरुलाई समेत समेटेर अध्ययन गर्ने छ ।

उक्त कम्पनीले ६ महिनामा अध्ययनको निष्कर्ष र सम्भावित विकल्प पनि महानगरलाई दिनु पर्ने छ ।

उक्त समारोहमा बोल्दै, महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नै पालामा मोनोरेल सञ्चालन हुने दाबी गरे । उनले भने, ‘मोनो रेल चलाउँछौं भनेकै एक बर्ष भइसक्यो । विधि मिलेपछि काम गर्ने बाटो खुल्छ । काम थालनी भएपछि रेल सञ्चालन हुन समय लाग्दैन, हामी त्यही दिशामा लक्षित छौं ।’

उनका लागि यो सबै दोष छिपाउने अवसर पनि बन्दै छ । इतिहासै हुने गरी देखिइने कामका रुपमा लेखिने छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले पनि आफ्ना भनाइ राखेका थिए ।

उनले आफू महानगरबासीलाई सरल जीवन यापन गर्ने सुविधाको, सुन्दर उपहार दिने गरी यो योजनामा लागिपरेको बताए ।

त्यही सत्यलाई संकेत गर्दै सम्झौता पत्रमा हस्ताक्षर भएपछि चिनियाँ तर्फबाट होङ्गकीले तोकेको समयमै काम गर्ने प्रतिबद्धता जनाए ।

सम्झौता अनुसार पहिलो महिनामै अध्ययनको आधार तयार पर्ने छ ६ महिनामा अन्तिम प्रतिवेदन पेश गर्नेगरी सम्झौता भएको छ ।

पश्चिम सेती लगायत केही परियोजनामा काममा हात हाल्दै उम्कने गरेको चिनियाँ कम्पनीहरुमाथि यतिबेला नेपालमा आशंका पनि जन्मेको छ ।

 

 

...

शुक्रबार, ११ जेठ, ०७५

 

प्रतिक्रिया

Related