मागिन् सुष्मा स्वराजले माफी ! जनकपुरबारे दिएको विवादास्पद अभिव्यक्ति टिकेन ६ घन्टा किन ?

चौतर्फी विरोधी ट्टिवटले टेकायो घुँडा !
निर्माण सञ्चार, काठमाडौं । मोदीको जनकपुर सम्बोधनबरो ‘विवादास्पद’ अभिव्यक्ति दिएको ६ घन्टा पनि टिक्न नपाउँदै भारतीय विदेश मन्त्री सुष्मा स्वराजले माफी मागेकी छन् ।

भारतीय विदेशमन्त्री स्वराजले ‘अमेरिकाको मेडिसनदेखि जनकपुरसम्म पुगेर लाखौं भारतीय समुदायलाई मोदीले सम्बोधन गर्नु भारतीय कुटनीतिमा असाधारण सफलता’ रहेको बताएकी थिइन् ।

उनले स्पष्टै शब्दमा ‘प्रधानमन्त्री नरेन्द्र मोदी प्रवासी भारतीयहरु बसेकै ठाउँमा गएर संबोधन गर्ने पहिलो प्रधानमन्त्री’ रहेको बताएकी थिइन् ।

जबकि, नेपाल भूमि जनकपुरमा भारतीय प्रवासी २ प्रतिशत पनि बसोवास गर्दैनन् ।

स्वराजको यस्तो अभिव्यक्ति भारतीयहरुमा रहेको नेपाल माथि ‘उपनिवेदशवादी’ रुग्ण चिन्तनका रुपमा आलोचना भइरहेको छ ।

नयाँ दिल्लीस्थित विदेश मन्त्रालयमा सोमबार आयोजित वार्षिक पत्रकार सम्मेलनमा भारत सरकारको ४ वर्षको उपलब्धीसम्बन्धी पुस्तक विमोचन गर्दै उनको यस्तो अभिव्यक्ति विरुद्ध सामाजिक सञ्जालमा विश्वव्यापी विरोध आएपछि तत्कालै माफी माग्नु परेको थियो ।

उनले बोलेको भिडियोमा भनिएको छ, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणका क्रममा जनकपुरको बाह्रबिघा मैदानमा लाखौं भारतीयलाई सम्बोधन गरेको’ उल्लेख छ ।

विरोध बढ्दै गएपछि पत्रकार सम्मेलन सकिएको करिब ६ घन्टा नबित्दै रातको १०ः३० बजे आफ्नै ट्वीटर ह्यान्डलबाट उनले भनिन्, ‘त्यो मेरो तर्फबाट भएको गल्ती थियो ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण र त्यहाँ आयोजित कार्यक्रमलाई लिएर नेपालको केन्द्र सरकार र दुई नम्बर प्रदेश सरकारबीचको सम्बन्ध चिसिएको अवस्था छ ।

यही बेला आएको उनको विवादास्पद भनाइले नेपाल भारत बीचको सम्बन्धमा सधैझै गिजोलिरहन चाहने भारतीय कुत्सित मानसिकता पुनः पर्दाफास भएको आलोचना भएको थियो ।

उनको भनाइलाई भारतीय सत्तापक्षबाटै तीव्र खण्डन र दबाबपछि उनलाई ‘गल्ती महसुस’ गर्न दबाब बढेको थियो ।

विरोध बढ्दै गएपछि पत्रकार सम्मेलन सकिएको करिब ६ घन्टा नबित्दै रातको १०ः३० बजे आफ्नै ट्वीटर ह्यान्डलबाट उनले भनिन्, ‘त्यो मेरो तर्फबाट भएको गल्ती थियो ’

उनले भिडियोमा भनेकि छन्, ‘आजभन्दा पहिले कुनै पनि भारतीय प्रधानमन्त्रीले भारतीय समुदायसँग जोडिने गरी सम्बोधन गरेका थिएनन् । नरेन्द्र मोदी यस्तो प्रधानमन्त्री हुन् जसले अमेरिकाको मेडिसनदेखि जनकपुरको मैदानसम्म लाखौं लाख भारतीयलाई सम्बोधन गरेर उनीहरुसँग सिधै जोड्ने काम गर्नुभएको छ ।’

जनकपुरबारे विवादास्पद बोलिरहँदा स्वराजले उक्त डेढ घण्टा लामो प्रश्नोत्तरमा नेपाल शब्दको नाम भने कहिँ कतै लिएकी थिइनन् ।

तर जनकपुरमा गरेको संबोधनलाई भने ‘भारतीय नागरिकलाई गरेको संबोधन’को संज्ञा दिएकी थिइन् ।

गत वैशाख अन्तिम साता भारतीय प्रधानमन्त्री मोदीले गत नेपाल भ्रमणको गरेका थिए । जनकपुरबाट सुरु भएको उनको यात्रा मुक्तिनाथ र काठमाडौं हुँदै सकिएको थियो ।

जनकपुरमा नागरिक अभिनन्दन पाएका मोदीले रंगभूमि मैदानमा सम्बोधन गरेका थिए, जहाँ २ नम्बर प्रदेशबाट नेपाली जनतालाई ल्याइएको थियो ।

नेपालमा मोदी भ्रमणका विभिन्न आयामबारे चर्चा एवम् आलोचना आज पनि भइ नै रहेको छ ।

आगोमा घिउ थपे सरह बनेको स्वराजको अभिव्यक्तिलाई उनी आफैंले ‘रियलाइज्ड’ भए जसरी गरिएको ट्विटबारे भने उनले ‘घुँडा टेकेको’ रुपमा अथ्र्याइएको छ ।

यस्तो छ उनको भनाइको भिडियो 

 

 

 

...

मंगलबार, १५ जेठ, ०७५

 

प्रतिक्रिया

Related