कोरियन भाषा परीक्षा दिँदै हुनुहुन्छ ? ख्याल गर्नुस् यस्तो ‘टिप्स’

८२ हजार परीक्षार्थीे इपियस परीक्षामा सहभागी हुँदै
निर्माण सञ्चार, काठमाडौँ | यस वर्ष इपियस कोरियन भाषाको परीक्षा ८२ हजार २३५ जना परीक्षार्थीले दिने भएका छन् । यही जेठ २६ र २७ गते इपियस परिक्षा हुँदै छ ।

परीक्षा दिनेमध्ये ६० हजारले काठमाडौँबाट, बाँकी १२ हजारले पोखराबाटै परीक्षा दिने व्यवस्था गरिएको छ ।

कोरियाले २०१९ का लागि ७ हजार १ सय जना कामदारको लागि मात्रै कोटा दिएको छ ।

परीक्षा केन्द्र भने काठमाडौँमा १६, ललितपुरमा ८ र पोखरामा ४ वटा तोकिएको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए ।

कोरियाले ओसीआर प्रविधिबाट कपी जाँच्ने हुँदा नतिजा चाँडै आउने गर्दछ ।

परीक्षा दिन जाँदा ख्याल गर्नुस् यस्तो ‘टिप्स’

उनले परीक्षा दिन जाँदा प्रवेशपत्र र सक्कल राहदानी अनिवार्य रुपमा लैजानुपर्छ । दुईमध्ये एउटा मात्रै छुटेमा पनि परीक्षा दिन पाइँदैन ।

परीक्षार्थीले उत्तरपुस्तिकामा चिन्ह लगाउने प्रयोजनमा कालो बलपेन नै प्रयोग गर्नुपर्ने प्रवक्ता भण्डारीले जानकारी दिए । त्यसैगरी, परीक्षामा दिन जाँदा मोबाइलसहित कुनै स्मार्ट डिभाइसहरु बोक्न पाइने छैन ।

परीक्षामा नक्कली परीक्षा दिने र दिन लगाउनेलाई ३ वर्षसम्म भाषा परीक्षा दिन नपाउने गरी निष्काशन गरिने ईपीएस कोरिया शाखाले सुझाएको छ ।

गतवर्ष पनि विभिन्न परीक्षा केन्द्रमा नक्कली परीक्षा दिने र दिन लगाउने २९ जनाको फर्म यस वर्ष रद्ध गरिएको भण्डारीले बताए ।

परीक्षालाई मयार्दित र व्यवस्थित गर्न लागिपरेको बताउँदैँ उनल भने ‘नक्कली परीक्षार्थी र परीक्षा दिन लगाउने दुवैजना ३ वर्षसम्म अन्य भिसामा पनि कोरिया जान पाउँदैनन् ।

....

आइतबार, १३ जेठ २०७५ 

प्रतिक्रिया

Related