सनराइज बैंक लिमिटेडलाई केयर रेटिङद्वारा ‘ए—’ ईस्यूवर रेटिङ्ग प्रदान

निर्माण सञ्चार, काठमाडौँ | सन्राइज बैंक लिमिटेडलाई Care Ratings Nepal Ltd.ले ‘A–’ ईस्यूवर रेटिङ्ग प्रदान गरेको छ ।

Care Ratings Nepal Ltd. का प्रमुख कार्यकारी अधिकृत साजन गोयलले बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्यलाई एक कायक्रमबीच उक्त ‘A–’ रेटिङ्ग प्रदान गरिएको पत्र हस्तान्तरण गरेका थिए ।

‘A–’ रेटिङ्ग भएका वित्तीय संस्थाहरुको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहको हुन्छ । तर, यस्ता ‘ईस्यूवर रेटिङ्ग’ रहेका वित्तीय संस्थाहरुमा न्यून जोखिम भने रहन्छ ।

रेटिङले बैंक कुन पोजिसनको हो थाहा दिन्छ । बैंकको पोजिसनका आधारमा यस्ता रेटिङ प्रदान गरिन्छ ।

बैंकले आफ्नो लगानीकर्ताहरु तथा सम्पूर्ण हिताधिकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखिमहरुलाई न्यूनीकरण गर्दै लगेको समेत यस रेटिङ्गले थप पुष्टि गर्दछ ।

 

आगामी दिनमा बैंकले आफ्ना परिसूचकहरु अझ सशक्त गर्दै लैजान प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले बताए ।

बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा हालै बचतखाताका ग्राहकहरुको लागि ‘स्वास्थ्य बीमा सुविधा प्रारम्भ गरेको छ ।

उक्त बीमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालहरुमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा १ लाख रुपियाँ सम्मको खर्च सोधभर्ना प्रदान गर्दछ ।

साथै बैंकले देशभरका ६० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म छुट उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।

यसैगरी, बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा तथा ५ लाख सम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको छ ।

....

सोमबार, १४ जेठ, २०७५ 

प्रतिक्रिया

Related