बजेट भाषणः ‘२०७५ देखि ०८५ लाई उर्जा दशक मनाइने’

ऊर्जा क्षेत्रमा ८३ अर्ब ८९ करोड रुपियाँ बजेट विनियोजन
निर्माण सञ्चार, काठमाडौँ | सरकारले आगमी दश वर्ष (०७५–८५)लाई ऊर्जा दशक मनाइने घोषणा गरेको छ ।

बजेटमार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले आउँदो आर्थिक वर्षका लागि ऊर्जा क्षेत्रमा ८३ अर्ब ८९ करोड रुपियाँ विनियोजन गरेको छ ।

आउँदो आव भित्रमा बुढीगण्डकी आयोजनाको मुआब्जा वितरण गरी आयोजना निर्माण अघि बढाइने अर्थमन्त्री खतिवडाले बताएका छन् ।

त्यसैगरी, राष्ट्रसेवक र विदेशमा रहेका नेपालीको लगानीमा विजुली आयोजना बनाइने, सर्वसाधारणको लगानीमा ३ हजार मेगावाटको आकर्षक योजना सुरु गरिने भएको छ ।

विद्युत नियमन आयोग गठन गरिने बताउँदै अर्थमन्त्री खतिवडाले ग्रामीण विद्युतीकरणका लागि ५ अर्ब विनियोजन गरिएको जानकारी गराए ।

उनले तराईमा २५ हजार घरमा गोवरग्यास प्लान्टमा अनुदान दिइने समेत बताएका छन् ।

साथै १ हप्ताअघि नै जलवायुको पूर्वानुमान गर्न सकिने व्यवस्था गर्ने बताएका छन् ।

....

मंगलबार १५ जेठ २०७५ 

प्रतिक्रिया

Related