साना किसानको सबै ऋण मिनाहाः निर्यातजन्य वस्तुमा प्रवद्र्धन, महिलाद्वारा सञ्चालित सामूहिक परियोजनामा न्यून ब्याजदरमा १५ लाखसम्म अनुदान

मोबाइल मार्फत् कृषि सूचना जानकारी, कृषि बिमाका लागि ७५ प्रतिशत अनुदानको निरन्तरता
निर्माण सञ्चार, काठमाडौं । यस अघि साना किसानले साझा सहकारीबाट लिएको सम्पूर्ण ऋण सरकारले मिनाहा गरेको छ ।

नयाँ बजेटको घोषणा गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले बाली लगाउनुअघि नै कृषि उपजको मूल्य तोकिने व्यबस्था गरिएको पनि जानकारी दिए ।

आव २०७५-०७६ को बजेटले व्यवस्था गरे अनुसार जुट, गलैँचा, जुत्ता, हस्ताकला जस्ता निर्यातजन्य उपजका लागि प्रोत्साहन प्रवर्द्धन गर्ने व्यवस्था समेत गरेको छ ।

मोबाइल मार्फत् कृषि सूचना जानकारी

सरकारले कृषकबारे नयाँ व्यवस्था गरेको छ । कृषि सम्बन्धी सूचनालाई प्रविधिसँग जोड्दै कृषकले मोबालइबाट कृषिका बारेमा सम्पूर्ण जानकारी मोबाइल एप्लिकेसन मार्फत् पाउने व्यवस्था गरेको हो ।

साथै, महिलाबाट सञ्चालित सामूहिक परियोजनाका लागि ६ प्रतिशत ब्याज दरमा १५ लाखसम्मको अनुदानको व्यवस्था पनि यो बजेटको नयाँ पक्ष रहेको छ ।

बजेटले स्थानीय तहको समहभागितामा जडीबुटी प्रशोधन गर्न पनि बजेट छुट्याएको छ । प्रत्येक वडामा कृषि ज्ञान केन्द्र स्थापना गरिने यो बजेटले घोषणा गरेको छ ।

यस अघिकै जस्तै यो बजेटले पनि कृषि बिमामा ७५ प्रतिशत अनुदानको निरन्तरता दिएको छ ।

सरकारले २५ हजार नागरिकलाई अनुदानमा गोबर ग्यास बनाइदिने भएको छ। संसदमा प्रस्तुत बजेटमा २५ हजार परिवारलाई गोबर ग्यास दिन ५० करोड अनुदान रकम विनियोजन गरिएको छ। 

 

 

...

मंगलबार, १५ जेठ, ०७५

 

प्रतिक्रिया

Related