एनएमबि बैंकले पायो गौरवपूर्ण अवार्डः नेपालकै पहिलो बन्न सफल

निर्माण सञ्चार, काठमाडौँ | 8th IFC Trade Awards मा एनएमबि बैंकले "Best Issuing Bank Partner in Fragile Countries - 2017- South Asia” अवार्डबाट सम्मानित भएको छ ।

नेपालमा उक्त सम्मान प्राप्त गर्ने एनएमबि बैंक पहिलो बाणिज्य बैंक हो ।

Global Trade Finance Program 2017 मा बैंकले गरेको सहकार्यका लागि Regional Financial Institutions Group, IFC का Head – Asia & Pacific, Mr. Vittorio Di Bello ले एनएमबि बैंकका CEO - Sunil KC लाई सो अवार्ड प्रदान गरेका छन् ।

IFC Trade Awards को प्राप्तिले एनएमबि बैंकको अन्तर्राष्ट्रिय सम्बन्ध तथा अन्र्तराष्ट्रिय साझेदारहरुको सहकार्यमा नेपालका स्थानीय समुदायमा गर्न सक्ने ठुलो व्यापार लगानी क्षमतालाई उद्घोष गरेको छ ।

एनएमबि बैंकले “समृद्ध नेपालका लागि” भन्ने नारालाई आत्मसाथ गर्दै उर्जा, पर्यटन, साना तथा मझैला ब्यावसाय तथा कृषि क्षेत्रमा बिभिन्न खाले वित्तीय लगानी गरेर देशकै अर्थतन्त्रमा साकारात्मक प्रभाव हुने गरी काम गरिरहेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

IFC Trade Awards को प्राप्ती सँगै यस बर्ष एनएमबि बैकले हाल सम्म ३ चर्चित अन्र्तराष्ट्रिय अवार्ड हात पारेको छ । जसमा The Bank of the Year 2017 - The Financial Times र London Certificate of Merit – Frost and Sullivan समेत रहेको छ ।

....
बुधबार १६ जेठ २०७५

प्रतिक्रिया

Related