होला त पर्यटन मन्त्री अधिकारीको सपना पूरा ?

पर्यटन क्षेत्रलाई ५ अर्ब २० करोड ३४ लाख बजेट
निर्माण सञ्चार, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेका रबिन्द्र अधिकारीले पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न लागि परिरहेका छन् ।

आव २०७५/०७६ बजेटले पर्यटन क्षेत्रको लागि ५ अर्ब २० करोड ३४ लाख विनियोजन गरेको छ भने हवाई क्षेत्रको लागि १९ अर्ब ३५ करोड बराबरको बजेट विनियोजन गरेकोे छ ।

त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलको हवाइ ट्राफिक जाम कम गर्ने उद्देश्यले मन्त्री अधिकारीकै पहलमा जेठ ७ गतेबाट २१ घण्टा नै सञ्चालन गर्न थालियो ।

यसका साथै पोखरा, विरगंज, भैरहवा विमानस्थलको अवलोकन गरी अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नती गर्ने योजना अघि बढिसकेकाे छ । 

काभ्रेमा आन्तरिक विमानस्थल निर्माण कार्य अघि बढाइने

काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ चापलाई कम गर्ने उद्देश्यले आन्तरिक विमानस्थल निर्माणको लागि काभ्रेका ३ वटा (नागीडाडाँ, चिसापानी ठूलीचौर र देवीस्थान ठूलीचौर) सम्भाव्य स्थानहरुको अध्ययन गरी नागीडाँडामा नै निर्माण गर्ने गरिने निश्चित भएको छ ।

उक्त नागी डाँडामा आन्तरिक विमानस्थल निर्माण अघि बढाउने सरकारले घोषणा गरेको छ ।

२०२० ‘भिजिट नेपाल अभियान’

पर्यटन बजेट मार्फत सरकारले सन् २०२० मा ‘भिजिट नेपाल अभियान’ मार्फत २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षा अघि सारेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति गर्ने

पोखरा र भैरहवामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरका विमानस्थलको काम छिट्टै सक्ने गरी काम अघि बढाइने बजेटमा उल्लेख गरिएको छ ।

साथै बजेटमा विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढीमा क्षेत्रीय स्तरको विमानस्थल निर्माण गरी अन्तर्राष्टिय उडान गर्ने व्यवस्था गरिने बजेटमा उल्लेख गरिएको छ ।

२० लाख पर्यटन भित्र्याउने योजना

सरकारले पर्यटक आगमनमा महत्वाकांक्षी लक्ष्य सार्वजनिक गर्दै २० लाख पर्यटक भित्र्याउने योजना सार्वजनिक गरेको छ ।

मनोरञ्जन, प्राकृतिक, पुरातात्विक, ऐतिहासिक, धार्मिक र साहसिक पर्यटन प्रडक्टलाई पर्यटक आकर्षण माध्याम भएकोले यी क्षेत्रलाई पर्यटनमैत्री बनाई पर्यटक दोब्बर बनाउने लक्ष्य लिइएको छ ।

आन्तरिक पर्यटक प्रवद्धनः ‘पहिले देश, अनि विदेश’

सरकारले आन्तरिक पर्यटक प्रवद्र्धन अभियान चलाउन ‘पहिले देश, अनि विदेश’ नारा ल्याएको छ । यसका लागि मुलुकभरका कम्तीमा एक सय नयाँ पर्यटकीय गन्तव्य पहिचान गरी विकास र प्रवद्र्धन गरिनेछ ।

सबै मौसममा पर्यटक भित्र्याउन भारत र चीनमा विशेष प्रवद्र्धनात्मक कार्यक्रम चलाइने निर्णय सरकारले गरेको छ ।

खर्चालु पर्यटक भित्र्याउन सेवामा विविधीकरणको लक्ष्य लिइएको छ । पर्यटनका गतिविधि सञ्चालन गर्न ५ अर्ब २० करोड ३४ लाख बजेट विनियोजन गरिएको छ ।

...

बुधबार १६, जेठ ०७५

प्रतिक्रिया

Related