कोरियन परीक्षा दिँदै हुनुहुन्छ ? कहाँ पर्यो परीक्षा केन्द्र ! (सूचीसहित)

परीक्षार्थीले यी कुरामा ख्याल गरौँ !
निर्माण सञ्चार, काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले भाषा परीक्षाको मिति र परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

भाषा परीक्षा यही जेठ २६ र २७ गते हुँदैछ । उक्त परीक्षा काठमाडौं, ललितपुर र पोखराका विभिन्न सेन्टरहरुबाट हुँदैछ । नेपालमा २८ वटा केन्द्रमा परीक्षा हुनेछ ।

भाषा परीक्षा दिनको दुई सिफ्टमा हुनेछ । पहिलो सिफ्ट बिहान ८ बजेदेखि १० बजेसम्म र दोस्रो सिफ्ट १२ बजेदेखि २ बजेसम्म हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

कामको लागि कोरिया जान इच्छुकहरुले भाषा परीक्षा उत्तीर्ण गर्नुपर्दछ । सन् २०१९ देखि भने सीप परीक्षण पनि अनिवार्य गरिएकाे छ ।

यस वर्ष कोरियाले कृषि र उत्पादन क्षेत्रमा गरी जम्मा ७ हजार १ सय कामदार मागेको छ । जम्मा ८२ हजार २ सय ३५ जना परीक्षार्थीले अावेदन दिएका छन् ।

जसमा ६० हजारले काठमाडौँबाट, बाँकी १२ हजारले पोखराबाटै परीक्षा दिने व्यवस्था गरिएको छ ।

यी कुरामा परीक्षार्थीले ध्यान दिऔँ...

१. सक्कल राहदानी र प्रवेश पत्र अनिवार्य  लिएर जानुहाेस् दुईमा कुनै एक छुट्यो भने परीक्षा दिन पाउनुहुन्न ।

२. परीक्षार्थीले उत्तरपुस्तिकामा चिन्ह लगाउँदा कालो बलपेन  मात्र प्रयाेग  गर्नुहाेस् अन्यथा मान्य हुँदैन ।

३. परीक्षा शाखाले उत्तर पुस्तिका छुट्टै दिएको हुन्छ । त्यसमा वैकल्पिक उत्तर छानेर उत्तर दिनुपर्ने हुन्छ । उत्तर कुन नम्बरमा पर्छ त्यस नम्बरको सर्कलभित्र राम्रोसँग कालो भर्नुपर्छ । कालो भर्दा अन्य ठाउँमा लतपतियो भने तपाईंको कपि रिजेक्ट हुन्छ ।

४. परीक्षा दिन जाँदा मोबाइल, क्यालकुलेटर तथा कुनै प्रकारका स्मार्ट डिभाइसहरु लग्न पाइने छैन् ।

५. परीक्षामा नक्कली परीक्षा दिने र दिन लगाउनेलाई ३ वर्षसम्म भाषा परीक्षा दिन नपाउने गरी निष्काशन गरिने  तथा  कैद सजाय पनि हुन्छ ख्याल गर्नुहोस् ।

६. २५ वटा प्रश्नहरु रेकर्डरबाट सुनेर दिनुपर्छ । रेकर्डरले साेधेकाे प्रश्न सुनेर उत्तर दिनुपर्ने हुँदा राम्रोसँग सुनेर उत्तर दिनुहाेस् । प्रश्नहरु दोहोर्याएर भन्ने हुँदा राम्रोसँग सुनेर उत्तर दिनुहोला । हतारमा उत्तर लेख्न थाल्दा गल्ती हुन सक्छ ।

७.  कुनै नम्बरको उत्तर समयमा दिन भ्याउनुभएन भने त्यसमा नअल्मलिइ रेकर्डरको  साेधेकाे प्रश्न अनुसार उत्तर दिनुहाेस् नत्र धेरै उत्तरहरु गल्ती हुन सक्छ ।

८. शिष्ट भएर परीक्षा दिनुहोस् कोरिया इपिएस शाखाबाट नै परीक्षा अनुगमन टोली खटिएको हुन्छ ।

९. नजिक बस्ने साथीको उत्तर सार्न नखोज्नुहोस् किनकि नजिकको साथीलाई तपाईंलाई भन्दा छुट्टै प्रश्नपत्र दिइएको हुन्छ । प्रश्न पत्रहरु ४ प्रकारका हुन्छन् ।

केन्द्र कहाँ पर्याे हेर्नुहाेस्...

  ...

शनिबार १९, जेठ ०७५

प्रतिक्रिया

Related