सनराइज बैंकले गर्यो स्वास्थ्य बीमा रकम भुक्तानी

निर्माण सञ्चार, काठमाडौँ । सनराइज बैंकले ४ जना ग्राहकलाई स्वास्थ्य बीमाअन्तर्गतको उपचार खर्च वापतको रकम भुक्तानी गरेको छ ।

बैंकले कलंकी शाखाकी ग्राहक श्रीमती शान्ती काउचालाई उपचार खर्च रु. ३५,०९४।– बराबरको रकम बैंकका सहायक महाप्रबन्धक श्री सर्बेन्द्र मिश्रले प्रदान गरेका हुन ।

यसैगरी, नारायणगढ शाखाका ग्राहकद्धय श्री विक्रम अधिकारीलाई रु. ७६,८२७।– तथा श्रीमती राधा श्रेष्ठलाई रु. ४,०२२।–  र राजबिराज शाखाका ग्राहक श्री रामअवतार यादवलाई रु. ४२,१११।– बराबरको उपचार खर्च रकम प्रदान गरेको हाे ।

सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको लागि ‘स्वास्थ्य बीमा सुविधा’ प्रदान गर्दै आएको छ ।

उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने वार्षिक औषत मौज्दातको २५ प्रतिशत वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइने व्यवस्था छ ।

बैंकले यस ‘स्वास्थ्य बीमा सुविधा’ अन्तर्गत देशभरका ६० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशतसम्म छुट प्रदान गर्दै आएको छ ।

...

शुक्रबार १८, जेठ ०७५

प्रतिक्रिया

Related